बालिङ बहुमुखी क्याम्पसका प्रमुखबाट राजीनामा
स्याङ्जा ।
नेपालकै जेठो सामुदायीक बालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले पदबाट राजीनामा दिएका छन् । स्याङ्जा जिल्लाकै अग्रणी शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पसका प्रमुख सचिदानन्द यादवले संचालक समितिको बैठकमा एक्कासी पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय क्याम्पस विधान विपरीत संचालनमा भएको आरोप लाग्दै आएको थियो । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिएपछि थप संकट सिर्जना भएको प्राध्यापकहरु बताउछन् ।
संचालक समिति र क्याम्पस प्रशासन बिच क्याम्पस संचालनमा नीतिगत कार्यन्वयन गर्ने निर्णय भएपछि क्याम्पस प्रमुखले राजीनामा दिएको बताइएको छ । तर क्याम्पस प्रमुख यादवले पारिवारिक समस्याले क्याम्पसमा समय दिन नसक्ने अवस्थाले राजीनामा दिएको बताए । क्याम्पस बन्नुपर्छ भन्ने मेरो चाहाना हो उनले भने,‘कुनै समस्याले राजनीनामा दिएको होइन, आफ्नै कारणले राजीनामा दिएको हुँ ।’ कात्र्तिक १ गतेदेखी लागु हुनेगरी राजीनामा पेश गरेको छु उनले भने ।
यता क्याम्पस संचालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले क्याम्पस प्रमुखले राजीनामा दिएको स्विकारेका छन् । अर्को व्यवस्था नभएसम्म क्याम्पसको प्रशासन हेर्नु भनेर संचालक समितिले असोज महिना जिम्मेवारी दिएको बताए । क्याम्पसमा आर्थिक संकट परेका बेला र विद्यार्थी भर्ना हुने समयमा क्याम्पस प्रमुखले राजीनामा दिएको बिषयलाई गम्भिर रुपले हेरिएको छ । संचालक समितिले कार्यन्वयन गर्न नसक्ने निर्णय गर्न थालेपछि क्याम्पस प्रमुख यादवले राजीनामा दिएको हुन सक्ने एक प्राध्यापकले बताए । नाम उल्लेख नगर्ने शर्तमा ति प्राध्यापकले भने,‘पछिल्लो पटक क्याम्पसमा संचालक समितिले राजनीतिक आडमा मनपरी निर्णय गरेर प्राध्यापकहरुलाई अफठ्यारोमा पार्न खोजिदै छ ।’ यसको उदाहरण प्रमुखको राजीनामा हो, यसले थप क्याम्पसलाई समस्यामा उतार्ने छ उनले भने ।
प्राध्यापकले दोहोरो सुविधा लिएको, प्राध्यापक नियुक्तिमा राजनीतिकरण भएको, राजनीतिक आडमा संचालक समितिले प्राध्यापक—प्राध्यापक विच भाईबन्धु गरेको लगायतका आरोप क्याम्पसलाई लाग्दै आएको छ । बिधान विपरीतका कार्यप्रति संचालक समिति र प्राध्यापकहरु बिच असन्तुष्ट बढ्दै जानथालेको छ । जसले क्याम्पसको भबिष्य निकै जोखिममा देखिने बताइएको छ ।
प्रतिक्रिया