स्वास्थ्य शिविरको फाईदा लिनुहोस ः नगर प्रमुख कर्माचार्य

भीरकोट ।
संविधान दिवसको अवसर पारेर भीरकोट जेसिजले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उद्घाटन गरे । शिविर उद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले नगरवासीलाई निशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष फाईदा लिन आग्रह गरे । नगरपालिका नगरवासीको स्वास्थ्य प्रति गम्भिर रहदै आएको बताउदै नगर प्रमुख कर्माचार्यले यस्ता शिविरहरु मार्फत नगरवासीको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने बताए । मुलुकले नयाँ संविधान पाएको दिनमा भीरकोट जेसिजले गरेको बृहत स्वास्थ्य शिविरले केही हदसम्म भएपनि नगरवासीले लाभ पाउनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको चरक हस्पिटलका निर्देशक रामचन्द्र रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तरग रहेर यो शिविरलाई निशुल्क प्राविधिक सहयोग गरेको बताए । शिविरबाट उच्चतम फाईदा लिदै अलि जटिल खालका बिरामी फेला परेमा आर्थिक अवस्थाहेरी हस्पिटलले निशुल्क उपचार गरिदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारी लगायत भीरकोट नगरपालिकाका सबै जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारीहरु, स्थानीय सामाजिक व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।
भीरकोट जेसिजका अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्व, स्वास्थ्य शिविर संयोजक रुद्र ढुङ्गानाले स्वागत र संचालन महासचिव सुन्दर कोइरालाले गरेका थिए । शिविर बेलुका ५ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ डाक्टरहरुबाट चेकजाँच हुने भीरकोट जेसिजले जनाएको छ ।

प्रतिक्रिया