गल्याङ् जेसिजको सप्ताह कार्यक्रम सार्वजनिक

गल्याङ् ।
गल्याङ जेसिजले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत सप्ताह कार्यक्रम सार्वजनिक गरेको छ । जेसिजले सप्ताह कार्यक्रममा धार्मिक र सामाजिक उत्तरदायित्व र शैक्षिक संगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी आयोजना गर्न लागेको कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गल्याङ् जेसिज रचनात्मक कार्यक्रमका साथ अगाडी वढेकाले पत्रकारिताको हिसावले साथ सहयोग रहने नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए । सोमबार स्याङ्जाको गल्याङमा आयोजित गल्याङ जेसिजको सप्ताह २०२२ को पत्रकार सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले सामाजिक विकासमा टेवा पुग्नेगरी आयोजना हुन लागेको कार्यक्रमको खुलेर सफल बनाउनु पर्ने बताएका हुन् ।

१८ वर्ष देखि ४० वर्ष उमेर समुहका युवाहरुको जोस जागर र अभियानमा स्याङ्जाको पत्रकारहरुको साथ सहयोग रहने र जेसिजले गरेका रचनात्मक र सिर्जनात्मक कार्यको सामाजिक रुपले प्रशंसनीय रहेको बताए । आर्थिक हिसाबले सामाजिक कार्य गर्दा केही समस्या होलान त्यसको सहि व्यवस्थापनमा सबैको साथ सहयोग रहनुपर्नेमा जोड दिदै साताव्यापी कार्यक्रममा आफ्नो आफ्नो ठाउँबाट हातेमालो गर्न सबै सगँ आग्रह गरे । असोज २४ देखि ३१ सम्म सञ्चालन हुने कार्यक्रमको सफलताको शुभकामना व्यक्त समेत अध्यक्ष सिग्देलले गरे ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, वालिङ जेसिजका पूर्व अध्यक्ष प्रदिप कोईराला, क्यान स्याङ्जाका पूर्व अध्यक्ष देब बोगटी लगायतले गल्याङ् जेसिजले गर्न लागेको सप्ताह कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गल्याङ जेसिज वर्ष २०२२ का अध्यक्ष विष्णु प्रसाद अधिकारीले साताव्यापी गरिने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । साताव्यापी कार्यक्रममा रामनदी धाम राम्दीका बृद्वबृद्वा सम्मान कार्यक्रम, उत्तरबाहिनीका बटुकहरुलाई भोजन गराउने कार्यक्रम, स्लोबाईक तथा स्कुटर रेस तथा घैटोफोर कार्यक्रम, गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा र वडा नं.११ मा मृगौला पिडितहरुलाई नगद सहयोग हस्तान्तरण कार्यक्रम, गल्याङ नगरपालिका स्तरीय अन्तर माध्यमिक तहस्तरीय बक्तृत्वकला प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने कार्यक्रम भएको अध्यक्ष विष्णु अधिकारीले बताए ।

गल्याङ जेसिजका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मुल समितिका संयोजक खगेन्द्र भण्डारीले र कार्यक्रममा आस्था पाठ नेत्रलाल अर्यालले, जेसिजको मिसन भिजन साधना न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन गल्याङ जेसिजका महासचिव प्रतिमा भट्टराईले गरेकी थिइन् ।

 

प्रतिक्रिया