‘चुनावी गठबन्धन नगर्न स्याङ्जा काँग्रेसको नेतृत्वपंक्तिलाई सुझाव’
भवानी अधिकारी÷स्याङ्जा ।
स्याङ्जाका कांग्रेसजनले स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लालाई गठबन्धन नगर्न उनीहरुले सुझाएका हुन । नेपाली जनताको संघारमै आइपुगेको निर्वाचनमा कांग्रेसले जिल्लामा एक्लै प्रतिस्र्धा गर्न सक्षम रहेको जनाएको छ ।
गठबन्धन बाहेकका दलहरु गृहकार्यमा जुटीसकेको अवस्थामा नेपाली कांग्रेस स्याङ्जाले भने जिल्लामा गठबन्धन नगर्न नेतृत्वपंक्तिलाई सुझाएको हो । कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्छन्, ‘दश प्रतिशत पनि जनमत नभएको जिल्लामा गठबन्धन नगरियोस् । जिल्लागत मिलाउदा (माओवादी र समाजवादी)का बलियो प्रभाव रहेको अरु जिल्लामा मिलाउदा हुन्छ । तर, यहाँ गठबन्धन बिना नै कांग्रेस बलियो छ ।’
प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको स्याङ्जा जनमतको हिसावले कांग्रेसको बलियो छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमालेको भन्दा कांग्रेसको मत बढेको छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सवै सीटमा कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका पनि भनाई छ । ‘नब्बे प्रतिशत कांग्रेसको प्रभाव भएको निर्वाचन क्षेत्रमा भन्दा ८०—९० प्रतिशत माओवादी÷समाजवादीको प्रभाव भएको क्षेत्रमा टिकट दिंदा गठबन्धनलाई जित्न सहज हुन्छ’ प्रवक्ता लम्सालले थपे, ‘स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धन दलका प्रभाव देखाइसकेको छ ।’
गठबन्धनको तर्फबाट स्याङ्जा १ को (क) मा माओवादीले दावी गर्दै आएपछि कांग्रेसजनमा असन्तुष्टी देखिएको छ । एक त जिल्लामा माओवादी र समाजवादीको जनमतको न्यून छ । सोमबारसम्ममा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया