असक्तलाई भत्ता दिन नगर प्रमुख रेग्मी पुगे टोलमा
स्याङ्जा ।
दशैं तिहार जस्ता चाडवाड नजिकिदै गर्दा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका वडा नं. १३ का असक्त, अपांग र बृद्ध नागरिकलाई उनीहरुकै टोल टोलमा पुगेरका भत्ता प्रदान गरेका छन् । वडाका १ सय १५ जना अशक्त, अपांग र बृद्ध नागरिकलाई ४ वटा टोल टोलमा पुगेर सामाजिक सुरक्षा वापतको रकम प्रदान गरेका थिए । रकम प्रदान गर्दे प्रमुख रेग्मीले निर्वाचनका बेला वडामा पुगेर गरिएको वाचा अनुरुप टोलमा आएर भत्ता रकम बितरण गरिएको बताए । बोलेर मात्रै होइन काम गरेर देखाउनु पर्छ नगर प्रमुख रेग्मीले भने,‘जनताको अगाडी गरेका बाचा पुरा गर्ने मेरो अभियान हो ।’ जनताको खुशी नै हामी जनप्रतिनिधिको मुल्याङ्कन हुनेछ उनले भने ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख चिरन्जीवी अर्याल, वडा अध्यक्ष जुद्धबहादुर थापा लगायतले सहजीकरण गरेका थिए । पुतलीबजार नगरपालिकाले सबै वाडमा सामाजिक सुरक्षा भत्ताा घर—घरमा पु¥याउने अभियानमा छ ।
प्रतिक्रिया