स्याङ्जामा मुटु दिवस मनाइयो

स्याङ्जा ।
‘मुटुलाई माया गरौं’ भन्ने नाराका साथ नेपाल ह्दयरोग निवारण प्रतिष्ठान स्याङ्जा शाखाले बिहीवार विश्व मुटु दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले सबैभन्दा महत्वपूर्ण अंगका रुपमा रहेको मुटुको संरक्षणका लागि स्वच्छ र स्वस्थ्य खानपान, शारिरिक ब्यायाम, आराम आवश्यक रहने तथा मद्यपान र तनावपुर्ण जीवन शैलीबाट टाढा रहनु पर्ने बताए । दया, भाव, करुणासंगै जीवन जोडिएको हुदाँ स्वस्थ्य मुटु राख्न स्वस्थ्य खानपान गर्न एवं मद्यपान नगर्न नगराउन सुझाव दिए ।
कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी बेदप्रसाद दोरंगा, मखमली श्रेष्ठ लगायतले आफनो मुटुको माया, संरक्षण र सुरक्षित बनाई स्वस्थ्य जीवन जीउनु पर्ने बताए । प्रतिष्ठानका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य भवानी अधिकारीले स्वागत एवं सदस्य महादेव श्रेष्ठले संचालन गरेका थिए । यसैबीच, जिल्ला अस्पतालमा बिभिन्न वार्डमा भर्नाभै उपचाररत १५ जना बिरामीलाई जुस प्रदान गरिएको छ ।

प्रतिक्रिया