वालिङमा ह्यापिनेस प्रोगाम हुने

वालिङ ।
वालिङमा ह्यापिनेस प्रोगाम हुने भएको छ । आर्ट लिभिङ नेपालले यही अशोज २४ गतेदेखि २९ गतेसम्म कार्यक्रम गर्ने भएको हो । पतञ्जली योगपिठमा दैनिक विहान ६ बजेदेखि ९ र बेलुका ३ बजेदेखि ६ बजेसम्म कार्यक्रम हुने संस्थाले जनाएको छ । उक्त संस्थाले यसअघि नापी कार्यालयका कर्मचारीहरुलाई मात्र दिएको कार्यक्रम यसपटक भने वालिङबासी सबैका लागी कार्यक्रम गरिएको जनाईएको छ । कार्यक्रममा योग, प्राणायम र ध्यानसंग सम्बन्धित रहेको छ ।

१८ वर्षभन्दा माथिका सहभागी हुन पाउने कार्यक्रममा सुर्य पराजुली, भावना पौडेल र सागरराज पौडेलले सहजीकरण गर्ने आयोजकले जनाएको छ । रोगमुक्त शरिर, तनाबमुक्त मन र हिंसामुक्त समाज निर्माण गर्ने संस्थाको उद्देश्य रहेको संस्थाले जनाएको छ । नेपाल सहित १८० देशमा रहेको संस्थाले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग, महिला उत्थानका लागी विभिन्न कार्यक्रमलगायत अन्य सामाजिक कार्य गर्दै आएको जनाएको छ । विश्वप्रख्यात आध्यात्मिक गुरु श्रीश्री रबि शंकरद्धारा स्थापित संस्था एक आध्यात्मिक संस्था हो ।

प्रतिक्रिया