शिक्षकलाई शिपमुलक तालिम

स्याङ्जा ।
अर्जुनचौपारी गाउपालिका ५ आरुचौरमा विद्यालयका शिक्षक शिक्षिकालाई आधारभुत शैक्षिक तालिम प्रदान गर्न शुरु गरिएको छ । मंगलबारबाट सर्वोदय माविमा शुरु भएको तालिममा वडाभरीका ८ वटा विद्यालयका शिक्षक शिक्षिकको सहभागिता रहेको छ । ‘ग्रामिण परिवर्तनका लागि हाम्रो पहल’ नामक संस्थाले शिक्षक शिक्षिकलाई शिपमुलक शैक्षिक तालिम प्रदान गरेको हो । तालिमको उद्घाटन ‘ग्रामिण परिवर्तनका लागि हाम्रो पहल’ नामक संस्थाका सदस्य तथा कार्यक्रम संयोजक गिता शर्माले गरेकी थिइन् । शर्माले बालवालिकालाई व्यवहारीक ज्ञान दिन शिक्षक शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले आयोजना गरेको बताईन् । ग्रामिण क्षेत्रका बालवालिकालाई अध्यापन गर्न सहज बनाउने हाम्रो उदेश्य हो उनले भनिन्,‘जसले धेरै विद्यार्थी यसबाट लाभान्वित हुनेछन् ।’ मण्टेश्वरीबेसमा आधाररित तालिमले शिशु कक्षामा पढ्ने विद्यार्थी भाईबैनीलाई सहज हुने विबश्वास हाम्रो हो उनले भनिन् ।

वडा अध्यक्ष बद्री पौडेलको अध्यक्षतामा उद्घाटन गरिएको तालिमको संचालन विबद्यालयका शिक्षक रामकृष्ण पौडेलले गरेका थिए । विद्यालयका प्रधानाध्यापक इश्वरी चापागाँईले यस्ता व्यवहारिक तालिमले शिक्षक शिक्षिकलाई पढाउन निकै मदत् गर्ने बताए । यस्ता तालिमको निरन्तरताको अपेक्षा प्रधानाध्यापक चापागाँईले गरे । साविक आरुचौरबाट काठमाण्डौ बसोबास गर्ने र विभिन्न पेशामा आवद्ध रहेका व्याक्तिहरुबाट स्थापना गरिएको संस्थाले विभिन्न समाजिक काम गर्दै गर्दै आएको छ । विपद्, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक कार्यमा बेला बेलामा काम गर्दै आएको संस्थाका अध्यक्ष बेदप्रसाद लामिछानेले बताए । ५ दिनसम्म संचालन हुने तालिमको रुपन्देही स्थित कालिका मावि बुटबलका शिक्षिका रितु रानाले सहजीकरण गर्ने छिन् ।

प्रतिक्रिया