स्याङ्जामा प्रहरी दिवस मनाइयो

स्याङ्जा ।
स्याङ्जाले बिबिध कार्यक्रमगरी ६७ औं प्रहरी दिवस मनाएको छ । ‘समाज हाम्रो पुण्य भूमि सेवा हाम्रो धर्म, राष्ट्रसेवक प्रहरी हौं बुझ्छौं सवको मर्म भन्ने मूल नाराका साथ खेलकूद सहित बिबिध कार्यक्रमगरी मनाएको हो । दिवसको उदघाटन गर्दे प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले अप्ठ्यारो र असहज अवस्थामा प्रहरीको साथको आवश्यकता बढी देखिएको बताए । बिगतमा प्रहरीलाई टाढा राख्ने गरिएता पनि अहिले आफनो नजिकै प्रहरी राख्न चाहना राख्नु भनेको प्रहरी प्रतिको विश्वसनियता बढेको बताए । आसन्न निर्वाचन नजिकिदै गर्दा प्रहरी तथा सुरक्षाकर्मीको परिक्षाको घडी सुरुवात भएको बताए । प्रहरी सहित सुरक्षाकर्मीलाई निर्देशन दिदै उनले निर्वाचनलाई शान्त र भयरहित वातावरणमा मतदान गर्नै वातावरण बनाउन सुरक्षाकर्मीको मुख्य दायित्व भएको प्रजिअ क्षेत्रीको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा सिग्देल लगायतले प्रहरी र बिना बर्दिका नागरिकबीच सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले स्वागत एवं प्रहरी निरीक्षक अर्जुन विकले संचालन गरेका थिए । यसैगरी, ब्याडमिन्टन, टेवलटेनिस, बुद्धिचाल लगायतका खेलहरुमा प्रथम, दिद्धिय, तृतीय, सान्तवना हुनेका साथै समाजमा शान्ति सुरक्षा कायम राख्न सहयोग पुरयाउने बिभिन्न समाजसेवी, सहिद परिवार र पूर्व प्रहरीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया