पुतलीबजारमा सत्तागठबन्धनको सम्पर्क कार्यालय स्थापना

स्याङ्जा ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले मंगलवार पुतलीबजार नगरपालिका १ चौकीमा मा सम्पर्क कार्यालय स्थापना गरेको छ । पुतलीबजार नगरपालिका अन्र्तगत चुनावी प्रचारप्रसार एवं सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालयको उदघाटन गर्दे पूर्व राष्ट्रिय सभाका सदस्य एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले दुई तिहाइको मत पाउदा तत्कालिन प्रधानमन्त्री केपी ओलीले सम्हाल्न नसकेको हुदाँ संबिधानको रक्षा र देशको विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई मत दिएर विजयी गराउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु थापाले समग्र स्याङ्जाको विकासका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले ब्यवस्थित सिद्धार्थ राजमार्ग, आधीखोला हाइड्याम, स्याङ्जा जिल्ला अस्पताललाई एक सय शैयामा स्तारोन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायत युवा रोजगारका कार्यक्रम संचालन गर्ने थापाले बताए ।
गण्डकी प्रदेशसभा (ख) का उम्मेदवार कुमार राना, (क) का उम्मेदवार अमृता थापा मगरले गाउँ र स्थानीयका आवश्यकता अनुरुपका विकासका लागि आफुहरु स्थानीयसंग हातेमालो गर्दे अघि बढ्ने बताए । युवा लक्षित कार्यक्रम र विकास संचालन गरेर विदेशिन बाध्य युवाहरुलाई गाउघरमै अड्याउने वातावरण बनाउनेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं शिक्षा मन्त्रि मेखलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, युवा नेता दिलिप थापा लगायतले लोकतान्त्रिक बामगठबन्धनलाई बिजयी गराउने अभियानमा सबैजना एकजुट भई लाग्नुपर्ने बताए । नेपाली कांग्रेस स्याङ्जा निर्वाचन क्षेत्र नं. १ को (क) प्रदेश सभापति केशरबहादुर खाँण (धु्रव) को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव मदन वाग्लेले गरेका थिए ।
प्रतिक्रिया