खेलकुद राष्ट्रको पहिचान हो ः काँग्रेस नेता अर्याल

भीरकोट ।
नेपाली काँग्रेसका नेता तथा स्याङ्जा क्षेत्र नम्वर २ प्रदेश (क) का उम्मेदवार भोजराज अर्यालले खेलकुद क्षेत्र राष्ट्रको पहिचान भएको बताएका छन् । भीरकोट ८ स्थित श्री पतला युवा क्लवद्धारा आयोजित स्वर्गिय युपेश गुरुङ स्मृति भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नेता तथा उम्मेदवार अर्यालले खेलकुदलाई व्यवस्थित बनाउन सके युवाहरुलाई जिविकोपार्जनको माध्यम हुने बताएका हुन् । खेलकुदको माध्यमबाट स्थानीय क्षेत्रको पहिचान सगै राष्ट्रको पहिचान बनाउने माध्यम भएको बताउदै अर्यालले यसका उचित व्यवस्थापनमा राज्य लाग्नुपर्ने धारणा व्यक्त गरे ।

अर्याल सहितको टोलीले बुधबार भीरकोट ८ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेका छन् । भीरकोट ८ का पखेरे, डिउँवा, रिप हुदैँ सानो भञ्ज्याङको कार्यक्रममा बोल्दै उम्मेदवार अर्यालले अबको पाँच वर्षमा बिकास निर्माणका कामहरु यहाँका खानेपानीका समस्या लगायत ग्रामिण सडक तथा सामुदायिक भवन र विभिन्न ठाउँ जोड्ने पुलहरु बनाउन पहल थाल्ने बताए । विकासका कामहरु गर्नको लागि जनताको साथ आवश्यक रहेको हुदाँ आफुलाई अत्याधिक मत सहित विजयी बनाउन अर्यालले आग्रह गरे ।

कार्यक्रममा समानुपातिक उम्मेदवार कल्पना तिवारी, महासमिति सदस्य तथा भीरकोटका पुर्व मेयर छायाराम खनाल, वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नेपाली काँग्रेस स्याङ्जाका उपसभापति केदार काफ्ले, नेपाली काँग्रेस जिल्ला सदस्य तोनाथ अर्याल, नेपाली काँग्रेस भिरकोट नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया