पढ्दै, कमाउदै कार्यक्रम उत्कृष्ट ः नगर प्रमुख भट्टराई
गल्याङ् ।
विद्यार्थीलाई घोकन्ते शिक्षा भन्दा व्यवहारीक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ११ बज्रे भञ्याङ् माध्यमिक विद्यालयमा संचालन गरिएको पढ्दै, पढाउदै कार्यक्रमको प्रगति विवरण सार्वजनिक कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख भट्टराईले सो कुरा बताएका हुन् । बालवालिकाको मनोभावना बुझेर सिकाईने ज्ञान नै फलदायी हुने बताउदै भट्टराईले कृषिकर्ममा विद्यार्थीले गरेको कामको प्रशंसा गरे । समाजलाई सकरात्मक सन्देश प्रवाह गर्नु विद्यालयको पनि दायीत्व हो नगर प्रमुख भट्टराईले भने,‘सैदान्तिक शिक्षा भन्दा व्यवहारीक शिक्षाले सधै मानिसको जिवन उज्यालो हुन्छ ।’ त्यसैले विद्यालयले पढ्दै, कमाउदै अभियान निकै सकरात्मक देखिएको छ उनले भने ।
विद्यालयमा नै वालवालिकालाई उत्पादनसगँ जोडेर लिइएको शिक्षा लाभदायक रहेको भट्टराईले बताए । यस्तो प्रणालीलाई नगरका अन्य विद्यालयमा पनि लागु गर्नुपर्नेमा उनको जोड छ । उत्पादनसगँ समाजलाई जोड्नु आवश्यक छ उनले भने,‘यस्ता कार्यक्रमले परनिर्भरता घटाएर आत्मनिर्भरता बढाउने छ ।’ बज्रे भञ्ज्याङ माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रमले विद्यार्थीहरु भोलिका दिनमा सक्षम नागरिक बन्नेमा विश्वास छ उनले भने ।
उत्पादनमा रमाउनु पर्ने हामी उपभोगमा रमाईरहनु राम्रो पक्ष नभएको र गल्याङ नगरपालिकालाई राम्रो कृषिको सम्भाव्यताको गन्तव्य बनाउने तर्फ नगरपालिका लाग्ने बताए । कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले १४० विद्यालय मध्य बज्रे भञ्ज्याङ माविले पनि आफूलाई पढ्दै कमाउदै कार्यक्रम पार्न र सफल रुपमा सञ्चालन गरेको प्रति धन्यवाद दिदै उत्पादित बस्तुको बजारीकरण गर्ने पक्षमा गल्याङ नगरपालिका लागि पर्ने विश्वास दिलाइन् । कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकाल, पशु सेवा शाखा प्रमुख शुशिल अर्याल, गल्याङ नगरपालिका वडा नं.११ का वडासदस्य मोहन प्रसाद डुम्रे, कृषि सहजकर्ता लाल प्रसाद पंगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्म ६७ जना विद्यार्थीहरुको सहभागितामा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन भएको र यस कार्यले विद्यार्थीहरुमा हौसला थपिएको विद्यालयका प्रअ नेत्र प्रसाद ग्रैह्रेले बताए । विद्यार्थीहरुले १० वटा टनेल निर्माण गरेर बन्दा, काउली, टमाटर, प्याज, धनिया लगायतका तरकारी उत्पादन गरेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रअ भोजराज भण्डारीले र कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रेशम बहादुर रानाले गरेका थिए ।
प्रतिक्रिया