महिला फुटबलको उपाधी एपिएफको हातमा
वालिङ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ । बिहीबार स्याङ्जाको वालिङमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काएकी थिइन् । महिला फुटबलमा कास्य पदक अर्काे विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको हो । असोजको २७ गतेदेखी जारी महिला फुटबल प्रतियोगिता समापन भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता थियो ।
बिजयी टिमलाई जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले पुरस्कार प्रदान गरेका थिए । समापन समारोहमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, शसस्त्र प्रहरी बलका प्रमुख, अनुसन्धान प्रमुख, विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिहरु, समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया