गल्याङ नगरपालिकाको कार्यपालिका बैठक स्थगित
गल्याङ् ।
गल्याङ नगरपालिकाको आज बसेको कार्यपालिका बैठक अर्को सुचना नहुन्जेलका लागि स्थगित भएको छ । एमाले निकट कार्यपालिका सदस्यहरुको अनुपस्थितिको कारण बैठक स्थगित भएको हो । प्राकृतिक चिकित्सालय निर्माण, नदीजन्य पदार्थको उपयोग सम्बन्धि, गल्याङ नगरपालिका वडा नम्बर १, २, ३, ११ र ८ मा साना सहरी खानेपानी तथा ढल निकास आयोजना, झलुङ्गे पुल को ठेक्का लगाएतका महत्वपुर्ण प्रस्तावहरु माथी छलफल गरि निणय गर्नुपर्ने भएता पनि एमाले निकट सदस्यहरूको अनुपस्थितका कारण बैठक हुन नसकेको नगरपालिकाले जनाएको छ ।
आफुहरुको बहुमत रहेको हुदा आफुहरुले भनेको मात्र हुनु पर्ने अन्यथा बैठक हुन नसक्ने अनुपस्थित एक कार्यपालिका सदस्य ले बताएका छन । गल्याङ नगरपालिकाको कार्यपालिकामा २१ जना सदस्य मध्ये ८ जना नेपाली काग्रेस बाट र १३ जना नेकपा एमाले बाट प्रतिनिधित्व गर्ने सदस्य हरु रहेका छन । कार्यपालिकाको बैठकमा सदस्यहरु अनुपस्थित हुनेक्रम बढ्यो भने समग्र नगरपालिकाको विकासमा अवरुद्ध हुने बताइएको छ । जसले गर्दा नगरपालिकाको भविष्य झनै आरोलो लाग्ने छ ।
प्रतिक्रिया