गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानिय हर्षित

अर्जुन काफ्ले, स्याङ्जा ।
लामो सयम देखी आखाँ तथा नाक काना घार्टीको रोगले ग्रसित ९७ बर्षिय छबिलाल अर्यालले गाउँमै बिशेषज्ञ सहितको नि शुल्क स्वास्थ्य सेवा पाएकोमा हर्षित भएका छन् । दरौखोला सामिप्य समाजले अर्जुनचौपारी गाउँपालिकाको ब्यवस्थापनमा निशुल्क स्वास्थ्य शिविर गरेको हो । उपचारको लागि पटक पटक पोखरा जानु भएका बृद्ध अर्जुनचौपारी १ नब्बेका अर्यालले सामिप्य समाज र गाउँपालिकाले घरदैलोमा स्वास्थ्य उपचार गर्नपाउने व्यवस्था प्रति न्याय गरेको बताए । अर्याल जस्तै नरबहादुर थापाले पनि ढाडको उपचारको लागि हरेक महिना पोखरा पुगेर उपचार गर्ने गरेको बताउदै घर नजिकै सेवा पाएकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिका भित्रका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिएकोमा धन्यबाद दिदै आगामी दिनमा समेत पालिकालाई सम्झन आग्रह गरे । आफु हुर्केर बढेको ठाउँमा सहयोग मागेर सेवा दिने उदेश्यले बिभिन्न निकायसगँ सहयोग उठाएर निशुल्क स्वास्थ्य शिबिर गरेको समाजका अध्यक्ष सोबित कुमार खड्काले बताए । एक दिने स्वास्थ्य शिबिर प्रा डा कृष्ण कोइरालाको नेतृत्वको २२ जना डाक्र सहित ३४ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । आफुले जानेको र गरेको कामलाई दुर दराजका जनताालाई सेवा दिन उदेश्यले निशुल्क सेवा प्रदान गरेको कार्यक्रम संयोजक डा कोइरालाले बताए ।
शिबिरमा संरक्षक रामेश्वर अर्याल, प्रसासकिय अधिकृत उज्वल बहादुर बस्नेत, वडा अध्यक्ष रण बहादुर थापा, समाजका उपाध्क्ष बोधराज गौतम, डोलराज अर्याल लगायतले मन्तब्य राखेका थिए । अर्जुनचौपारी १ पञ्च कन्या माबिमा गरिएको निशुल्क स्वास्थ्य शिबिरमा छालारोग १६६, हाडजोर्नी २५८, आखाँ ४१२, नाक कान घाटी २१३, मेडिकल २५१, स्त्र्री प्रसुती रोग ११८, बालरोगका ४० गरी एक हजार ४ सय ७१ जनाएले सेवा लिएका थिए । अर्जुनचौपारी गाउँपालिका पुतलीबजार १३ र भीरकोट ६ का बिरामीले उपचार पाएकोमा औषधी, चस्मा र ल्याब समेत निशुल्क प्रदान गरिएको थियो । उपचारमा आएका हरेक बिरामीलाई पालिकाले केरा र स्याउ लगायतका फलफुल प्रदान गरेको थियो ।
प्रतिक्रिया