भीरकोटलाई पर्यटकीय हब बनाउछौं ः उम्मेद्वार अर्याल

भीरकोट ।
नेकपा एमालेकी सचिव एवं स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पदमा कुमारी अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भीरकोट नगरपालिकाका मतदाताहरु संँगको भेटघाट कार्यक्रममा पूर्व मन्त्री समेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् । भीरकोटमा स्वरेक मैदान, खिलुङ, ओखतीपानी जस्ता महत्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहको र यी स्थलहरुका माध्यमबाट यस क्षेत्रको विकास गर्ने सकिने बताउँदै उनले यस क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न आफु लागिपर्ने बताईन् ।

भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्क लगायतका स्थानहरुमा पुगेर मतदाताहरुसंँग भेटघाट गर्दै अर्यालले एमालेको तर्फबाट उम्मेद्वार भएका उम्मेद्वारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरेर सुखी नेपाली , समृद्ध नेपाल बनाउने अभियानमा सहभागी हुन समेत आम मतदाताहरुलाई आग्रह गरेकी थिईन् ।

अर्यालले यस अघि आफू मन्त्रालयमा रहँदा स्वरेकमा प्याराग्लाइडिङ स्पोर्टको निर्माण गरी त्यहाँसम्म पुग्नका लागि वालिङ र बयरघारीदेखि स्वरेक जान सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरेएको र पहिलो चरणमा केही किमी सडक कालोपत्रे भइसकेको बताउँदै बाँकी रहेका सडक फेरि अर्को चरणमा कालोपत्रे गर्नुका साथै स्तरउन्नती गर्ने समेत बताईन् । भीरकोटमा रहेका पर्यटकीय गाउँहरुलाई होमस्टेको रुपमा विकास गरी यहाँका नागरिकहरुको आय आर्जनलाई वृद्धि गर्न आफ्नो पहलमा होमस्टेहरुका लागि बजेट बिनियोजन गरेको उनले बताईन् ।

भेटघाट कार्यक्रममा गण्डकी प्रदेश क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यका उम्मेद्वार मोहन रेग्मीले जिल्लाका होमिस्टेहरुलाई ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्नका लागि नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको र त्यो बजेटले धेरै पर्यटकीय गाउँहरुमा पूर्वाधारहरु समेत निर्माण भएको बताए । नेकपा एमालेले मात्रै जनचाहना अनुसार काम गर्ने दाबी गर्दै उनले एमालेका उम्मेद्वारको पक्षमा मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया