स्याङ्जालाई नमुना जिल्ला बनाउन स्याङ्जावासीको साथ आवश्यक ः उम्मेदवार गुरुङ
आरती कुँवर,
वालिङ ।
स्याङजा क्षेत्र नं २ का प्रतिनिधी सभा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङले समग्र स्याङजाको बिकासमा हामी सबै एकजुट भएर लाग्न आवश्य रहेको बताएका छन् । स्याङजाको चापाकोट नगरपालिकाको १ र १० का विभिन्न स्थानमा गरिएको जनता भेटघाट तथा घरदैलो अभियानमा गुरुङ्ले सो कुरा बताएका हुन् । कृषि तथा पर्यटनको क्षेत्रमा लगानी गरेर स्याङजालाई अबको ५ वर्षमा नमुना स्याङजाको नामले परिचित बनाउन सम्पुर्ण स्याङजाबासीको साथ आवश्यक रहेकाले साथमा साथ हातमा हात मिलाउन गुरुङ्ले आग्रह गरे ।
उनले चापाकोट जिल्लाकै समथर भुभाग र कृषिमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई सिधै आधुनिक कृषि प्रणाली तथा व्यवसायिक कृषि प्रणालीमा जोडेर चापाकोटको बिकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । साथै गुरुङ्ले नागरिकका दुख सुखमा नागरिक संगै रहेर चापाकोट लगाएत समग्र स्याङजाको बिकासमा आफँु कटिबद्ध रहेको बताए । रोजगार सिजर्ना गरि युवाहरुलाई देशमै रोजगारी दिने तथा भ्रष्टाचारको अन्त्य गरी समृद्ध नेपाल बनाउने आफ्नो मुख्य लक्ष्य रहेको गुरुङ्ले बताए ।
कार्यक्रममा गुरुङ्ले नागरिकका गुनासालाई सम्बोधन गर्दै ५ बर्षपछि हुने आम निर्वाचनमा फेरी पनि नेपाली काँग्रेस पार्टीको बहुमतको सरकार आओस भन्ने खालका काम गर्ने दावी गरे । अब मंसिर ४ पछि स्याङजाले बिकासमा गति लिने बताउँदै नेपाली काँग्रेसलाई आफ्नो अमुल्य मत दिन आग्रह गरे । कार्यक्रममा पुर्व सांसद मोहन पाण्डे, निर्वतमान प्रदेश सांसद नेता भागवत प्रकाश मल्ल, चापाकोट नगरप्रमुख देब बहादुर खाँण (ईश्वर), निर्वतमान नगरप्रमुख शिव कुमार गिरी,समानुपातिक उम्मेदवार कल्पना तिवारी, सुनिता थापा, शेषकान्त पुरी, लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया