दोस्रो पटक हराउने दाउमा थापा

प्रकाश डोटेल, स्याङ्जा ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा २०७० सालको संविधान सभा निर्वाचनमा जस्तै एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई हराउने लक्ष्यमा छन् ।२०७० र २०७४ मा थापा र मरासिनीले पालैपालो एक अर्कालाई हराएर संसद छिर्न सफल भएका थिए । २०५१ देखि एमालेको लालकिल्लाका रुपमा परिचित स्याङ्जा क्षेत्र नं. १ मा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाले झण्डै २० वर्षपछि १२ सय मतान्तरले लाल किल्ला भत्काए । पहिलो भेटमै चुनाव हराएका थापा भने २०७४ को निर्वाचनमा दोस्रो भेटमा उनै मरासिनीसँग १० हजार बढि मतले पराजित बन्न पुगे ।
२०७४ मा देशभर बामगठबन्धनको माहौल थियो, देशभर बनेको माहौल विपरित स्याङ्जा रहने कुरै भएन । अघिल्लो निर्वाचनमा मरासिनीका सारथी बनेका स्याङ्जामा ओवादीका युवा नेता शैलेन्द्र घिमिरे यसपटक थापाको सारथी बनेका छन् । माओवादी नेता घिमिरे पुष्प कमल दाहाल ‘प्रचण्ड’ अतिनिकट छन् । यस क्षेत्रमा ३ स्वतन्त्र सहित १४ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदार दिएका छन् । मुख्य रुपमा काँग्रेसका थापा र एमालेका मरासिनी बीच नै चुनाबी प्रतिस्पर्धा छ । माओवादी निकट झण्डै ४५ सय मतदाताले अघिल्लो निर्वाचनमा मरासिनीलाई सहयोग गरेपनि यस पटक राष्ट्रियस्तरमा बनेको बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाका पक्षमा मतदिने माओवादीको दाबी छ । २०३५ सालमा स्याङ्जा सदरमुकाममा जन्मेका थापाले ३५ वर्षकै उमेरमा मरासिनीलाई हराएर संविधान बनाउनदेखि विकास निर्माणका गतिविधिलाई तिव्रतादिएको दाबीगर्दै आएका छन् । निर्वाचनको प्रचारका क्रममा थापाले मरासिनी चुनाब जितेर संसद त छिरे तर अपेक्षाकृत कामगर्न नसकेको घाम जस्तै छर्लङ्ग रहेको जिकिर थापाले गर्दै आएका छन् ।
पहिलो जितमै संविधान बनाउन सफल र आफ्नो क्षेत्रमा विकासका कामले आमुल परिवर्तन ल्याउन योगदान गरेको २०७४ को निर्वाचनपछि हारेपनि प्रत्येक मतदाताको सुखदुःखमा हातेमालो गरेको भन्दै थापाले तेस्रो भेटमा दोस्रो पटक जित सुनिश्चित रहेको दावी गरे हारेपछि पनि थापा निरन्तर गाउँघरमा आएको बताउँदै स्थानीयले चुनाव जितेपछि मरासिनी संसदतिरै हराएको बताए । नेपाली काँग्रेसको गत महाधिबेशनबाट सभापतिमा निर्वाचित थापाले महाधिबेशनमा आन्तरिक प्रतिस्पर्धीलाई भित्तामै पु¥याउने राजनीति गरेको आरोप नलागेको होईन्, तर उक्त महाधिबेशनमा फरक धारबाट महाधिबेशन प्रतिनिधि हारेका बुद्धिबहादुर राना‘कुमार’लाई क्षेत्र १ को २ र माओवादीकी नेतृ अमृता थापालाई १ को १ प्रदेशमा प्रदेशसभाका लागि उम्मेदवारका रुपमा अंगालेका छन् ।
२०७९ बैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलले स्याङ्जा क्षेत्र नं. १ का ५२ वटा वडामा ३९ हजार ४९४ मतप्राप्त गरेको थियो भने एमालेले ३६ हजार ८ सय ४५ मतप्राप्त गरेको थियो । पालिकाको निर्वाचनपछि केहि युवा मतदाता थपिएका छन् । स्याङ्जा क्षेत्र नं. १ मा पुतलीबजार नगरपालिकाका १४ वटा, फेदीखोलाका ५, आँधीखोलाका ६, अर्जुनचौपारीका ६, बिरुवाका ८, हरिनाश गाउँपालिकाका ७ र वालिङका २ तथा भीरकोट नगरपालिकाका ४ वटा वडा रहेका छन् । वडा तहमा काँग्रेस निकटको नेतृत्व बबाहुल्य रहेपनि अधिकांश पालिकाको नेतृत्व स्थानीय निर्वाचन पछि एमालेको हातमा छ ।
प्रतिक्रिया