देशको आवश्यकताले गठबन्धन

अर्जुन काफ्ले÷स्याङ्जा,
नेकपा माओबादी केन्द्रका स्थायि समिति सदस्य अमृता थापाले देशको आवश्यकताले गठबन्धन गरिएको बताएकी छन् । पुतलीबजार नगरपालिका १ अरौदीमा गरिएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं १ (क) को उम्मेदवार समेत रहेकी थापाले देशमा स्थिर सरकार, संविधान कार्यान्वयनका लागि गठबन्धन गरिएको दाबी गरीन् । माओवादी स्थिर सरकारको लागि एक पटक केपी शर्मालाई अवसरमा दिएको बताउदै थापाले असफल भएपछि नयाँ गठबन्धन भएको बताइन् ।

लाहुरे खोजेर बिवाह गर्ने परिवारबाट जन्मेको आफु भएपनि देशको हितमा काम गर्ने गरी जनयुद्ध लडेको र पहिलो पटक आफ्नो जन्मथलोको बिकासमा निर्वाचनमा होमिएको थापाको भनाई थियो । मौलिक हकअधिकारहरु स्वास्थ्य, शिक्षा, गासबास कपासको लागि गठबन्धन लामो समय सम्म आवश्यक रहेको बताउदै थापाले कृषि, पुर्वाधारमा आफ्नो चासो रहने बताइन् । कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य युवराज पराजुली, नेपाली काग्रेस वडा सभापति बाल कुमार श्रेष्ठ लगायतले गठबन्धकका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका थिए । थापालाई गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको महिला रुपमा प्रस्ताब समेत गरिएको छ । पछिल्लो क्रममा स्याङ्जामा उम्मेदवार गाँउ गाउँ पुगेसगै निर्वाचनको सरगर्मी बढेको छ ।

 

 

 

 

प्रतिक्रिया