धान उत्पादनमा समस्या — बाला छ, दाना छैन
स्याङ्जा ।
धान पाकेर थन्काउने बेलामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । धानको बाला छ तर दाना नपसाएपछि यहाँका किसान चिन्तित् बनेका हुन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित हुल्काङका किसानले यस वर्ष लगाएको उन्नतजातको धान ‘युएस ३१२’ मा दाना नपसाएपछि चिन्तित् बाली भित्राउने बेलामा उनीहरु चिन्तित् बनेका छन् ।
राम्रो फल्ने (हाईब्रेड) भन्दै एग्रोभेटबाट बीउ खरिद गरी रोपिएको धानको बालामा दाना नपसाएपछि किसानको यो बर्षको धान उत्पादन खेरा गएको छ । गएको बर्षमा स्थानीयजात्को धान लगाउँदै आएका यस क्षेत्रका किसानहरुले धेरै उत्पादनको आशमा उक्त धान रोपेका थिए । १७ रोपनी खेतमा लगाएको धानमा दाना नलागेपछि उनीहरुको आशा निराशामा बदलिएको छ । अन्यजातको तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने विश्वास पाएर धानको बिऊ खरीद गरेको पिडित किसान घनश्याम डुम्रेले बताए । उनले चार रोपनी खेतमा उक्त धान लगाएका थिए । उनी जस्तै यो धान लगाउने ५ जना किसान पिडित बनेका छन् । राम प्रसाद डुम्रे, टेक प्रसाद डुम, धनमाया डुम्रे, जानकी कुँवर र सरस्वती डुम्रेले लगाएको धानबालीमा दाना नलागेको बताइएको छ ।
बर्षभरी गुजारा चलाउन समस्या हुने भयो पिडित किसान धनमाया डुम्रेले भनिन्,‘परालमात्रै भएपनि काटेर सुकाएका छौं ।’ किसानलाई धानको बिऊमा प्रशिक्षण वा चेतनशिल नबनाउदा यस्तो समस्या भोग्न बाध्य भयौं उनले भनिन् । वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले यस बिषयमा नगरपालिकामा जानकारी गराएको बताए । किसानलाई क्षतीपुर्तिको व्यवस्था मिलाउन पहल गरिरहेको अध्यक्ष कुँवरले बताए । किसानलाई धानको बिऊ बारे सचेतना दिन आवश्यक रहेको यो घट्नाले देखाएको अध्यक्ष कुँवरको भनाई छ । धानमा उत्पादन नभएपछि झण्डै ६ लाख भन्दाबढीको क्षती भएको अनुमान वालिङ नगर कृषि शाखाको अनुमान रहेको छ ।
वालिङ नगरपालिका कृषि शाखाका प्राविधिक केशबहादुर थापाका अनुसार ‘युएस ३१२’ जातको धान समुन्द्री सतहदेखी ७ सय मिटरभन्दा माथीको उचाईमा नफल्ने बताए । तराई, भित्रीमधेश, तल्लो पहाड र मध्य पहाडका नदीकिनारमा मात्रै यो धान राम्रो फल्ने थापाको भनाई छ । धान अग्लो ठाँउमा लगाईएको कारण नफलेको हुन सक्ने थापाको अनुमान छ ।
ढिलो धान रोप्नु र धान फुल्ने बेलामा अविरल बर्षाद् हुनले पनि धानमा दाना नलागेको कारण हुनसक्ने थापाको भनाई छ । धानमा दाना नलाग्नुको अन्यकारणबारे अनुसन्धान भईरहेको प्राविधिक थापाले जानकारी दिए । नेपालमा २ सय प्रजातीको धानका बिऊ छन् थापाले भने,‘खुल्ला सिमाना, सस्तो मुल्यको बिऊमा किसानको रुचीले यस्ता समस्या आउने गरेका छन् ।’ अझै पनि ग्रामिण भेगका किसानमा बिऊको प्रशिक्षण नपुग्नु, जनचेतनाको अभाव हुनु जस्ता समस्याले किसानलाई सताउने गरेको छ उनले भने । किसानलाई झुक्काएर धानको बिऊ बेच्ने एग्रोभेटलाई पनि सुझाउनु पर्ने आवश्यक देखिएको छ । प्राविधिक टोलीले किसानहरुको खेतमा नै गएर नमुना संकलन गरिसकेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया