वालिङमा चितुवाको आक्रमणबाट ३ घाईते
स्याङ्जा ।
स्याङ्जाको वालिङ १४ कफ्लेटी भन्ने स्थानमा चितुवाको आक्रमणबाट ३ जना घाईते भएका छन् । शुक्रवार बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३ जना घाईते भएका हुन् । स्थानीय ६८ बर्षिय तुलसी पराजुलीको गोठमा बाख्रा खान आएको चितुवाले पराजुलीलाई घाइते बनाएपछि उनको उद्धारमा पुगेका अन्य स्थानीयमाथी पनि चितुवाले आक्रमण गरेको बताइएको छ ।
चितुवाको आक्रमणबाट पराजुली सहित २४ बर्षिय लक्ष्मी पराजुली र बर्ष ६४ को किसान न्यौपाने घाईते भएका छन् । तिनै जनाको वालिङ स्थित गहौ्रध्याङुलिङ प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको छ । ३ जना मध्ये तुलसी पराजुली गम्भिर घाईते र दुईजना सामान्य घाईते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले डिभिजन बन कार्यालय स्याङ्जाको टोली घट्स्थलमा पुगेको छ ।
प्रतिक्रिया