सम्पादकीय— उत्पादन झनै कम
स्याङ्जाका हरेक स्थानीयतहहरुले बालीतथाउपजको उत्पादकत्व बढाउन योजनाबनाएपनिप्रगतिभने सुस्त देखिएको छ ।मुख्यबालीका रुपमा रहेको धानको उत्पादकत्वआधार वर्षभन्दाझनै कम देखिएको छ ।स्थानीयतहहरुले अनुदानमाबीउमात्रवितरण गर्दैमाप्रतिफल राम्रो नदिने जानकारहरु बताउँछन् । त्यसको प्रत्यक्षप्रभावआयातमै देखिने उनीहरुको भनाइ छ ।धानबाहेक मकैको अवस्थापनि सन्तोषजनक छैन ।कृषिउपजको उत्पादकत्वयहीगतिमा रहे आयतकम गर्नेलक्ष्य पूरा हुननसक्ने विज्ञहरु बताउँछन् । उत्पादकत्व बढ्न नसक्नुको मुख्य कारक सिँचाइको सुविधानहुनु तथा समयमै रासायनिकमलउपलब्धनहुनु र कमसलबीउहुनु पनिहो । सिँचाइअभावकै कारण जिल्लाकाकतिपय ठाउँमा समयमै धानरोपाइँहुन सकेन् । फलस्वरुपअहिले उत्पादनकमभयो । पालिकाहरुले अनुदानमावितरण गरेको धानको बीउकम गुणस्तरको भएकाले उत्पादननभएको किसानहरुको गुनासो छ । अहिले सबैजसो पालिकाहरुले अनुदानमाआलु र गंहुको बीउवितरण गरिरहेका छन् ।
किसानहरुलाई सहुलियतहुनेगरि अनुदानमाबीउवितरण गरिनु स्वागतयोग्यकदमहो । तथापिकमसल गुणस्तरको बीउका कारण धानउत्पादनमा समस्या देखिएको छ । पालिकाले अनुदानमावितरण गरेको उन्नतजातको भनिएको धानको बीउलगाएकाकिसानहरुको खेतको धानमाबाला छ तर दाना छैन् । अब यस्तै समस्याआलु र गंहुको बीउमानआओस् ।त्यसैले पालिकाहरुले सस्तो लोकप्रियताको लागिकमसलखालको बीउअनुदानमा नबाडुन् । अनुदानमावितरण गरिने बीउको गुणस्तरीयताअनिवार्य रुपमामापनगरिसकेपछी मात्रकिसानलाई बीउवितरण गरियोस् । नत्रकिसानलाई राहातभन्दाआहात बढी हुनेछ । विगत ४ वर्षको अवस्था हेर्दा कुनै पनिबालीको प्रगति राम्रो छैन । यस्तै अवस्थाले आयतकम गर्ने लक्ष्यहासिलहुन सक्दैन ।उत्पादकत्वमाप्रगतिनहुँदाआयातपनि बर्सेनि बढ्दो छ ।कृषिबालीआयातमा बर्सेनि खर्बौं रुपैयाँबाहिरिएको छ । आर्थिक वर्ष०७८÷७९ मा १ खर्ब ५ अर्ब ७७ करोडको आयातभएको मन्त्रालयको भनाइ छ । त्यसमा सबैभन्दा बढी चामल ४७ अर्ब ५७ करोडको आएको छ । १९ अर्ब ४ करोडको मकै, ६ अर्ब ३२ करोडको गहुँ, ८ अर्ब १९ करोडको आलु, ६ अर्ब ४४ करोडको प्याज, १८ अर्ब १० करोडको सनफ्लावर तेललगायतआयातभएको छ ।
धानको आयातपनिउच्चछ । कृषिप्रधानमुलुक घोषणामा मात्रै सीमितभयो, धेरैजसो कृषि वस्तु आयातनगरी भान्साचल्दैन् । भाषणमा कृषिका ठूल्ठूला कुरा भएपनिमूलउपचार राम्रो भएन, जसले गर्दा आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।धान, मकै जस्तै गहुँको अवस्थापनि उस्तै छ । अहिले मुख्य समस्याधान र मकै बालीको देखिन्छ । समयमै रासायनिकमल, सिँचाइ, बीउबिजनको समस्याभइरहेकालेआयतकम गर्ने लक्ष्यहासिल गर्न कठिन भएको हो ।यसतर्फ सम्वन्धितपक्षको ध्यानजाओस् ।
प्रतिक्रिया