भष्ट्र प्रवृत्ति नै विकासको बाधक ः काँग्रेस उपसभापति गुरुङ

गल्याङ ।
स्याङ्जाको गल्याङबजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । उनले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गरे । स्याङ्जाको गल्याङबजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उनले भ्रष्ट प्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गरे । आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उनले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार, गरिबी र बेरोजगारी रहेको बताए । हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार समेत रहेका उपसभापति गुरुङ्ले भने,‘हाम्रोमा भ्रष्ट प्रबृत्तिले मुलुकलाई सम्मुनति हुन दिएन ।’ त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु गुरुङ्ले भने ।
२०३६ साल देखि राजनीति गरिरहेको भन्दै उनले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताए । दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशः हुँदै जाने बताए । गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताए । प्रदेश (ख) का उम्मेदवार महेश भट्टराई हरेक ग्रामिण क्षेत्रलाई शहर सगँ जोड्ने मेरो संकल्प रहेको बताए ।
प्रतिक्रिया