कानुनी प्रक्रियामाथी निर्वाचन आयोगको अविश्वास

स्याङ्जा ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना स्याङ्जा निर्वाचन क्षेत्र २ को रोकिएको आज १० दिन पुगेको छ । ९ दिनदेखी पुनमतदानको माग गर्दै नेकपा एमाले आन्दोलन गरिरहेको छ भने गठबन्धनले मतगणना छिटो प्रारम्भ गर भन्दै आन्दोलन गरिरहेका छन् । चापाकोटको ३, ४ र ५ का वडाहरुमा रहेका मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोप लगाउदै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । तर निर्वाचन सम्वन्धी ऐन अनुसार सबै कानुनी प्रक्रिया पुरागरी मतपेटीका सुरक्षित आएकाले मतगणनामा किन ढिलाई ? भन्दै गठबन्धन सहित नेपाली काँग्रेसले आवाज उठाई रहेको छ । निर्वाचन आयोग यो बिषयमा अहिले सम्म रमिते बनेको आरोप स्याङ्जावासीको छ ।

आयोगले खटाएका निर्वाचन अधिकृत सहित मतदान केन्द्रमा खटिएका कर्मचारीहरुबाट बुथ कब्जा नभएको प्रतिवेदन माथी आयोगले अविश्वास बढाएको छ । आफैले पठाएको छानविन टोलीले १२ गतेभित्र छानविन गरी प्रतिवेदन बुझाउन निर्णय गरेपनि अहिले सम्म प्रतिवेदन नबुझाएको आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले बताए । टोलीले अहिले सम्म प्रतिवेदन बुझाएको छैन उनले भने,‘प्रतिवेदन बुझाएपछि मात्रै आयुक्तहरुको छलफलले टुङ्गो लगाउनेछ ।’ आशा गरौ आज दिनभरीमा केही निकास निस्कने छ उनले भने । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्याङ्जा २ को बिषयमा थप छानविन गरी पुन प्रतिवेदन तयार गर्न सहसचिव फणिन्द्र गौतमको संयोजक्त्वमा टोली गठन गरेको थियो ।

टोलीले निर्वाचन अधिकृत, मतदान केन्द्रमा खटिएका कर्मचारी, सुुुुुुुुुुुुुुुुुुुुुुरक्षाका कर्मचारी, जिल्ला सुरक्षा समिति लगायत उम्मेदवारहरु सगँ छलफल गरेर १० गते नै काठमाण्डौ फर्किएको छ । तर पनि अहिले सम्म प्रतिवेदन तयार गरी नबुझाएको खबरले कतै कानुनी प्रक्रिया भन्दा राजनीतिक दवावले गलत निर्णय हुनेमा जिल्लाका मतदाताहरु संशकित बनेका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र २ मा बुथ कब्जा गरिएको, मतपेटीका असुरक्षित भएको, मतदान अधिकृत असुरक्षित रहेको जस्ता प्रतिवेदन आएको छैन । निर्वाचन आचारसंहितामा राजनीतिकदलका प्रतिनिधिहरु पुर्ण सहमति सहित मतदान प्रक्रियामा कुनै हुलहुल्जत नभएको प्रतिवेदन आउदा आउदै मतगणना शुभारम्भ हुनुपर्नेमा उल्टै कानुनको खिल्ली उडाउदै आयोगले मतगणनामा अवरुद्ध गर्नु कानुन विपरीत रहेको कानुन विद्हरु बताउछन् ।

लामो समय मतगणना नहुँदा वालिङ नगरपालिकाको प्रशासनिक, नागरिक सेवा प्रवाहमा समेत असर परेको छ । जसले गर्दा वालिङवासी नगरपालिकाबाट लिने सेवासुविधाबाट बन्चित हुन परेको छ । मतपेटीका सुरक्षित राख्न निर्वाचन कार्यालयले ठुलो संख्यामा प्रहरी परिचालन गरेपछि नगरपालिका लामोसमय देखी बन्धक बनेको छ । निर्वाचन आयोग अनिर्णयको बन्दी बनेका कारण मतदाताले आफ्नो अभिमत जाहेर गरेको १० दिन पुग्दा पनि मतपरिणाम नपाउनु दुखद भएको यस क्षेत्रका मतदाताको गुनासो छ ।

प्रतिक्रिया