ब्याजदर वृद्धिले ब्यवसायिक समस्यामा उवासंघको ध्यानाकर्षण

वालिङ।

बैंकको व्याजदरमा चरम बृद्धि भएपछि वालिङ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गरेको छ । संघले व्याजदरमा भएको बृद्धिले व्यवसायीकहरुमा परेको समस्याका बारेमा ध्यानाकर्षण गरेको हो । संघको अगुवाईमा, वर्तमान समयमा अत्याधिक रुपमा वृद्धि भएको बैंकको ब्याजदर र यसले आम ब्यवसायिक क्षेत्रमा पारेको असर लगायत विविध बिषयमा ब्यवसायिक समस्याहरुको बारेमा वालिङमा वृहत् ब्यवसायिक भेला एवम् अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा उद्योग वाणिज्य संघ, चापाकोट उद्योग वाणिज्य संघ एवम् गल्याङ उद्योग वाणिज्य संघमा सम्बद्ध पदाधिकारी, सदस्य एवम् उद्योगी ब्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले विद्यमान विविध ब्यवसायिक समस्याहरुको बारेमा आ–आफ्ना धारणाहरु राख्दै बैंकहरुले अत्याधिक रुपमा वृद्ध गरेको ब्याजदर, नवीकरण शुल्क, तथा चालुपूँजी कर्जाको कारण ब्यवसाय सञ्चालन गर्न निकै कठिनाई भएकोले यसको शीघ्र समाधान एवम् सहजताको लागि विभिन्न दबाबमुलक कार्यक्रमहरुको तय गरी नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायहरुमा अनुरोध एवम् दबाब सिर्जना गर्नुपर्ने धारणाहरु राखेका थिए ।

यो समस्या समग्र देश भरिकै समस्या भएको हुँदा, हाम्रा दबाबमुलक कार्यक्रमहरुका साथसाथै नेपाल उद्योग वाणिज्य महासंघले यसमा विशेष पहल गर्नुपर्ने धारणा ब्यवसायीहरुको रहेको थियो । सो कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले उठेका जिज्ञासाहरुको सहजीकरण गर्दै वालिङ उद्योग वाणिज्य संघले यसको नेतृत्व लिने र आफू दृढ संकल्पकासाथ ब्यवसायिक समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । सो भेलाले ब्यवसायिक समस्या समाधानका लागि विभिन्न दबाबमुलक कार्यक्रमहरु क्रमबद्ध रुपमा सञ्चालन गर्न केन्द्रीय सदस्य शोभाकान्त पौडेलको संयोजकत्वमा २१ सदस्यीय ऋण उपभोक्ता समस्या समाधान समिति गठन गरेको छ । वालिङ उद्योग वाणिज्य संघको सचिवालय हलमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केशरबहादुर खाँण (ध्रुब) ले गरेको संघका कार्यालय सचिव बावुराम रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया