कृषक समुहलाई आलुको बिऊ वितरण

गल्याङ् ।
गल्याङ नगरपालिकाले वडा नं ११ मा १४ वटा वडा कृषक समूह र फर्म मार्फत १५ हजार जनकदेव पिविएस आलु बीउ वितरण गरेको छ । नगर प्रमुख गुरु प्रसाद भट्टराईद्वारा वितरित १५ हजार दाना पीविएस दाना मार्फत ५ वर्षमा करिव २ हजार मेट्रीक टन उन्नत आलु विउ उत्पादन हुने प्रक्षेपण गर्दै आलुको विऊ वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले आलु बीउ उत्पादनको लागि प्रसिद्ध मानिएको यस नगरपालिकाले यो ठाउको लागि विशेषज्ञ सहितको कार्यक्रम निर्माण गरेको बताए । नगरपालिकाले अनुदानका समेत कार्यक्रम लागू गरि कृषक प्रोत्साहन गर्ने प्रमुख भट्टराईको भनाई थियो ।

 

उनले हाम्रो माटो सुहाउँदो कृषि बाट नै सम्पन्नता तर्फ अघि बढिने भएकोले अत्याधुनिक प्रबिधीयुक्त कृषिका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल गण्डकी प्रदेशको कुल बिउ आलु उत्पादन मध्ये ६५ प्रतिशत बिउ आलु उत्पादन गल्याङ नगरपालिका वडा नं ११ मा हुने गरेको छ । हालै नगरपालिकाले कृषकका लागि विभिन्न अनुदान र प्रोत्साहनका निम्ति कार्यक्रमहरु अगाडि बढाएको छ । नगरपालिकाले एक सुचना जारी गरि कृषकहरुका निवेदन संकलन थालिसकेको जनाएको छ । बहुउपयोगी हाते ट्याक्टर, सुन्तला पकेट क्षेत्र निर्माण, तरकारीबाली पकेट क्षेत्र, उन्नत जातको कागती खेती, च्याउ खेती, साना टनेल निर्माण लगाएतमा समेत ५० प्रतिशत अनुदानमा बितरण गर्ने प्रक्रिया थालेको छ ।

प्रतिक्रिया