सार्वजनिक बिदा दिन माग

वालिङ ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्तिको अबसरमा सार्बजनिक बिदा एबम विभिन्न कार्यक्रमको माग गर्दै आज वालिङ नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संघले अघिल्लो बर्ष पनि स्याङ्जामा सार्वजनिक बिदाको माग गरेको थियो र स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका थिए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख कृष्ण खाँणले पृथ्वी नारायण शाहले गरेको योगदान हामिले भुल्न नहुने कुरा बताउदै नेपाली जनतालाई एकताबद्द गराउने काम गरेको स्मरण गराए ।
उपप्रमुख कबिता तिवारीले पनि पृथ्वीनारायण शाहले गर्दा नै हाम्रो राष्ट्रियता बलियो गराउने काम भएको र नेपाली जनातालाई एउटै मालामा गास्ने काम गरेको हुँदा शाहालाई हामिले भुल्न नहुने बताइन् । बिश्वहिन्दु युवा संघको माग प्रती आफुहरु सकारात्मक रहेको नगर प्रमुख र उपप्रमुखले बताएका थिए ।

ज्ञापनपत्र बुझाउदै बिश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नबराज पौडेलले हामिले नेपाल राष्ट्र निर्माण गर्ने ब्यक्तिलाई बिर्सन नहुने र पछिल्लो समय पृथ्वीनारायण शाहलाई बिर्सने काम भएको भन्दै यो कुराले गर्दा नै हाम्रो राष्ट्रियता कमजोर भएको बताए । ज्ञापनपत्र बुझाउन बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य डण्डपानी पङेनी , जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेबी कमल कुवर, गोबिन्द पङेनी सहभागी थिए । बिश्व हिन्दु युवा संघ स्याङ्जाले आज गल्याङ नगरपालिका लगायतका विभिन्न पालिकामा विभिन्न माध्यम मार्फत ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया