गरिमाको १६ औं बार्षिक साधारणसभा
पोखरा ।
स्याङ्जामा स्थापना भएर राष्ट्रिय बैंक बन्न पुगेको गरिमा विकास बैंक १६ बर्षमा पुगेको छ । अहिले काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १६ वार्षिक साधारण सभा पोखरामा सम्पन्न गरेको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सर्वसम्मत पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ उनानब्बे पैसा को १३ प्रतिशत बराबर बोनस शेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५ सय ५५ रुपैया पच्चीस पैसा र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) ६ करोड ८८ लाख ६३ हजार १ सय २ त्रिपन्न पैसा गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र अठहत्तर पैसा लाभांस प्रस्ताव पारित भएको छ । बैंकको चुक्ता पुजीँ पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैया चौध पैसा पुग्ने छ ।
त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् । सामाजिक उत्रदायीत्व बहन गर्दै सामाजिक काम गर्दै आएको गरिमा बैंक देशकै विकास बैंकहरु मध्ये उत्कृष्ट मानिदै आएको छ ।
प्रतिक्रिया