२ वटा ऐन संशोधन गर्दै भीरकोटको नगरसभा सम्पन्न

भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिकाको ११औं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको ११ औं नगरसभाबाट २ वटा ऐन संशोधन र २ वटा प्रतिवेदन पारित गर्दै नगरसभा सम्पन्न भएको हो । सभामा पेश भएका आर्थिक ऐन र विनियोजन ऐन संशोधन गर्दै तथा लेखा समिति र न्यायीक समितिको प्रतिवेदन पारित गर्दै ११औं नगरसभा सम्पन्न गरिएको नगरले जनाएको छ ।
सभामा पेश भएका ऐन निर्णयार्थ र ११औं नगरसभामा पेश हुने ऐन र प्रतिवेदनहरु छलफलका लागि भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले प्रस्तुत गरेका थिए । त्यस्तै सभामा नगर उपप्रमुख भगवती रेग्मी अर्यालले आर्थिक बर्ष २०७९÷०८० को संशोधित बजेट अनुमान अनुमोदन गराएकी थिईन् । सभाले लेखा समिति संयोजक लक्ष्मण खत्री क्षेत्री र न्यायीक समिति सदस्य नन्दलाल खनालद्धारा प्रस्तुत प्रतिवेदन पनि छलफल पश्चात अनुमोदन गरेको छ ।
नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा संचालन भएको ११औं नगरसभामा नगर उपप्रमुख भगवति रेग्मी अर्याल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल लगायत ९ वटै वडाका वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया