चापाकोट नगरपालिकाको सेवाप्रवाह ठप्प

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
तिन महिनादेखी पालिकाबाट हुने सबै सेवाहरु ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाप्रवाह ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय नभएका कारण नगरपालिकाले सम्पादन गर्ने सबै सेवाहरु प्रभावित बनेका छन् । जसले गर्दा आर्थिक बर्ष सकिनै लाग्दा नगरपालिकाले गर्नुपर्ने योजनाहरुमा सम्झौता देखि भुक्तानीमा समस्या परेको छ । जसले गर्दा नगरवासीहरु चिन्तित् बनेका छन् । प्रमुख प्रशासकीय नभएपछि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब, औषधी खरीद लगायत नगरपालिकाको आर्थिक चलायमान समेत ठप्प भएका छन् ।
नेपालको संविधान २०७२ ले स्थानीय सरकार सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार तोकिदिएको छ । प्रमुख प्रशासकीय अधिकृत नै नभएपछि नगरपालिकाबाट हुने योजना सम्झौता देखि भुक्तानी सम्मका काम कारवाहि ४ महिना देखी रोकिदै आएको छ । यो समस्याले नगरपालिकाको कार्य सम्पादनमा धेरै पछिसम्म असर पर्ने देखिदै आएको छ ।

तिनमिहना अगाडी तेजराज शर्मा सापकोटालाई प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाइएपनि उनले एकदिन पनि काम कारवाही नगरी हिडेपछि अहिले नगरपालिका प्रमुख प्रशासकीय बिहिन हुन पुगेको छ । सापकोटा अहिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर बसेका छन् । नगरपालिकामा काम गर्ने उचित बातावरण नमिलेका कारण आफु मन्त्रालयमा हाजिर भएको सापकोटाले बताए । कस्तो खालको काम गर्ने बातावरण भएन भन्ने प्रश्नमा उनले धेरै कुरा गर्न नचाहेको बताए । पुरानो बक्यौता तिर्नुपर्ने धेरै रकम र जनप्रतिनिधिहरुको राम्रो तालमेल नमिलेको जस्तो लागेपछि काम गर्ने बातावरण नहुँने संकेत देखेर मन्त्रालय हाजिर हुन पुगेको सापकोटाले बताएका छन् । सापकोटा मन्त्रालयले चापाकोट बाहेक जहाँ खटाउछ त्यहाँ गएर काम गर्ने मनस्थिती बनाएको बताइएको छ ।

आर्थिक बर्ष सकिन अब करिव ५ महिना बाँकी छ । ५ महिनामा नगरपालिकाले गर्ने सबै कार्यसम्पादन सक्नुपर्ने अवस्था छ । त्यसतर्फ मन्त्रालय जानकार हुँदाहुँदै पनि उपसचिव कर्मचारी नपाएर नपठाएको बताइरहेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ्ले अब छिट्टै अर्को प्रमुख प्रशासकीय पठाउने तयारी भएको बताए । अन्य पालिकाको भन्दा यो पालिकाको समस्या अलि भिन्न खालको देखिएकाले प्रशासकीय अधिकृतहरु जान नमानेको तामाङ्को भनाई छ । ७५३ पालिकामा फरक—फरक समस्या छन् उनले भने,‘एउटै समस्या भए समाधान गर्न सजिलो हुन्थ्यो, छुट्टाछुट्टै समस्याले अफठ्यारो बनाइराखेको छ ।’ जे जस्ता समस्या भएपनि नागरिकको सेवाप्रवाहलाई गतिदिनुपर्ने दायीत्व सरकारको हो त्यसैले छिट्टै समाधान हुने छ उनले भने ।
जिल्लाका ११ पालिका मध्ये चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय जान नमान्ने गरेको विगतका बर्षहरुले देखाउदै आएको छ । एउटै प्रमुख प्रशासकीय

अधिकृतले एक बर्ष सम्म कार्य सम्पादन पुरा नगर्दा बेरुजु र विकासे योजनाको बजेट फ्रिज हुने समस्या हुदै आएको छ । प्रशासकीय अधिकृतकै समस्याले नगरपालिकाको मुल्याङ्नमा समेत ठेस लागेको नगरपालिकाका प्रवक्ता अर्जुन कुमार खाँणले बताए । नगरपालिकामा कर्मचारीलाई काम गर्ने वातावरण राम्रो भएको भएपनि प्रशासकीय अधिकृत किन हो कुन्नी बस्न नै मान्नु हुदैन प्रवक्ता खाँणले भने । यस बिषयमा गम्भीर छलफल र समिक्षा गर्नुपर्ने देखिएको उनले बताए । नगर प्रमुख मन्त्रालयमा जानुभएको छ प्रवक्ता खाँणले भने,‘अब केही दिनमा समस्या समाधान हुने छ ।’ अब मेयरसाप नगरापलिका आउदा प्रशासकीय अधिकृत सगै ल्याउनु हुनेछ भन्ने आशाशमा छौं उनले भने ।

 

 

 

प्रतिक्रिया