आँधीखोला लघुवित्तको साधरणसभा
भीरकोट ।
स्याङ्जाको बयरघारीमा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको छैठौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष नरेश केसीले पेश गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित भएको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷०७९को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित भएको लघुवित्तले जनाएको छ । सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम ३० प्रतिशत वोनश शेयर र १.५८ प्रतिशत कर प्रयोजन सहित ३१.५८ प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ ।
साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष केसीले गरेका थिए । संचालक युक्तवहादुर सुवेदी स्वागत गरेको उदघाटन सत्रको धन्यवाद संचालक विद्या श्रेष्ठले गरेका थिए । अध्यक्षको प्रतिवेदनमाथी सुझाव सल्लाह र प्रतिक्रिया क्रमशःपुर्व सञ्चालक दुर्गादत्त भुषाल, लगानीकर्ताहरु डोलराज ढुङाना, आनान्द चिलवाल लगाएतले राखेका थिए । लगानीकर्ताहरुको जिज्ञासाको समाधान सञ्चालक समितिका अध्यक्ष के.सी लगाएत सञ्चालकहरु सावित्रा दवाडी पौडेल र वुद्धिसागर त्रिपाठीले दिएका थिए । संस्थाले ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालनगर्दै आएको र पोखरा महानगर पालिका ९ सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था संग मर्जरको लागी नेपाल राष्ट वैंक वाट अन्तिम स्वीकृतिप्राप्त भैसकेको र छिट्टै एकिकृत कारोवार सञ्चालन गर्नका लागि सूचना प्रकाशनको संघारमा रहेको लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया