‘गौ संरक्षण नै हिन्दुत्वको जर्गेना’

भीरकोट ।
गौ माता अथवा गाई संरक्षण नहुँदा हिन्दुत्व हराउन थालेको महशुष एक कार्यक्रममा गरिएको छ । हिन्दुहरुको शक्तिको रुपमा रहेको गौ मातालाई जोगाउन र संरक्षण गर्न नसक्दा हिन्दुत्व नै हराउन सक्ने बिषयमा अन्तरक्रिया गरिएको हो । स्याङ्जाको भीरकोट ८ मा विश्व हिन्दू युवा संघ स्याङ्जाले आयोजना गरेको गौ संरक्षण एबम गौ को महत्तव विषयक अन्तरक्रिया कार्यक्रमा बोल्ने बक्ताहरुले गाईलाई अपहेलना गर्न नहुनेमा जोड दिइएको छ ।
हिन्दु परम्परामा गाईलाई लक्ष्मीको अवतारका रुपमा पुजाआजा गरिने प्रचलन रहदै आएपनि पछिल्लो समय गाईको महत्व हराउदै जानु दुखद भएको बक्ताहरुले औल्याएका थिए । गाई धार्मिक रुपमा मात्र नभई गाईको धेरै बिषयमा उपयोगिता रहेको भीरकोट नगरपालिकाका निर्वतमान मेयर छायाराम खनालले बताए । गाईको मुत्रले धेरै रोगको निवारण गर्ने र यसको दूधको धेरै नै महत्व रहेको खलको भनाई थियो । गाईको संरक्षण गर्दै हिन्दुत्वको जर्गेना गर्ने बेला आएको निर्वतमान मेयर खनालले भने,‘गौसला बनाएर होइन एक घर—एक गाई अवधारणा अगाडी ल्याउनुपर्छ ।’ घर—घरमा गाईको संरक्षण हुन नसके हिन्तुत्व हराउने छ उनले भने । गौ संरक्षणका लागि गौसला पनि आवश्यकता रहेको औल्याउदै खनालले भने,‘गाईको महत्व, यसको उपयोगिता र यससगँ जोडिएको संस्कृतिलाई देशभर फैलाउनु आवश्यक छ ।’ यो बिषयमा नजिकको सरकार स्थानीय पालिकाले अभियानकै रुपमा अगाडी सानुपर्छ उनले भने ।
ग्रमिण क्षेत्र रित्तिदै जाने र शहरीया बस्ती बढ्दै जादा गाईको अस्थित्व संकटमा परेको बताइएको छ । अहिले जताततै गाई छाडा छाड्ने परम्परा नै बसिसकेको भीरकोट नगरका उपप्रमुख भगवती रेग्मी अर्यालले बताईन् । गाईको दुध खानेबेला सम्म घरमा राख्ने अनि दुघ दिन छाडेपछि गाई चौबाटोमा लगेर छाड्ने परम्पराको अन्त्य गर्न जररी रहेको उपप्रमुख अर्यालको भनाई छ । यस बिषयमा स्थानीय सरकार समेत रहेको भीरकोटले छिट्टै बिशेष कार्ययोजना बनाउने प्रतिवद्धता अर्यालले ब्याक्त गरिन् ।
कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र रहेपनि हामीले चिन्नु नसक्नु दुखद पक्ष रहेको बताए । गौशाला र संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लाग्ने बताउदै यसमा सबैले साथ दिनुपर्ने अध्यक्ष पौडेलले बताए । अब छिट्टै नै गौ संरक्षणका लागि आफूहरु जिल्लाव्यापी लाग्ने उनको धारणा थियो । कार्यक्रममा नगर प्रवक्ता दीपेन्द्र केसी, वार्ड न –८ का वाड अध्यक्ष नन्द लाल खनाल, वालिङ –११ का वाड अध्यक्ष डण्डपानी पंगेनी लगायतले गौ संरक्षणलाई वडातहदेखी अगाडी बढाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रमको स्वागत मन्तब्य जिल्ला प्रवक्ता हरी रेग्मीले राखेका थिए भने कार्यकमको सञ्चालन विश्व हिन्दु महासंघ भिरकोट उपाध्यक्ष विष्णु काफ्लेले गरेकी थिइन् ।
प्रतिक्रिया