गल्याङ बहुमुखी क्याम्पसमा नेविसंघको सभापतिमा भट्टराई

प्रेमनारायण रेग्मी,
गल्याङ् ।
नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले क्याम्पसका इकाईहरुमा अधिवेसन सम्पन्न गर्न जुटिरहेको छ । स्वतन्त्र विद्यार्थी युनियनको अधिवेसन गर्ने तयारी भइरहेका बेला नेविसंघ स्याङ्जाले क्याम्पसका इकाईहरुको अधिवेसनमा जुटेको हो । क्याम्पसहरुको इकाई गठन गर्नेक्रममा नेविसंघले गल्याङ्

बहुमुखी क्याम्पसमा अधिवेसन सम्पन्न गरेको जनाएको छ ।
नेविसंघ गल्याङ बहुमुखी क्याम्पसको कार्यबाहक सभापति निर्मल भट्टराईलाई इकाई सभापतिमा चयन गरेको छ । क्याम्पस इकाईको सातौ अधिवेसनले कार्यबहाक रहेका भट्टराईलाई सभापतिमा चयन गरेको नेविसंघ स्याङ्जाका जिल्ला सहसचिव बिष्णु अधिकारीले जानकारी दिए । त्यसैगरी इकाईको उपसभापतिमा विशाल थापा, निशा भट्टराइ, सचिवमा प्रदिप भुषाल र मनिषा पाण्डे, कोषाध्यक्षमा सन्दिप भट्टराई र मनिषा भण्डारी, सहसचिवमा प्रतिमा खनाल, सहसचिवमा सिर्जना डुम्रे र ओमप्रकाश अधिकारी चयन भएका छन् ।

जिल्लाका सबै क्याम्पसहरुमा इकाई अधिवेसनबाट छिट्टै नयाँ नेतृत्व चयन गर्ने जिल्ला सहसचिव अधिकारीले बताए । क्याम्पसको इकाई अधिवेसन पछि सबै विद्यालयमा नेविसंघ गठन गर्ने तयारीमा नेविसंघ स्याङ्जा जुटेको उनले बताए ।

प्रतिक्रिया