कोल्डस्टोरमा सुन्तला कुहिएपछि मन्त्रीहरुबाट निरिक्षण

स्याङ्जा ।
पुतलीबजार नगरपालिका ११ जैसिडाडाँमा रहेको शितभण्डारमा समस्या आएपछि गण्डकी प्रदेशका मन्त्रीहरु, सांसद र योजना आयोगका उपाध्यक्ष लगाएत सरोकारवाला निकायले निरिक्षण गरेको छ । शितभण्डारमा राखिएको सुन्तला कुहिएर किसानहरु मारमा परेपछि आर्थिक मामिला मन्त्री सिताकुमारी सुन्दास, कृषि मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधिरकुमार पौडेल र योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा लगाएतको टोलीले निरिक्षण गरेको हो । निरिक्षणका क्रममा आर्थिक मामिला मन्त्री सिताकुमारी सुन्दासले सुन्तला कुहिदा किसानहरु मारमा परेको बताउदै किसानका पक्षमा केही निर्णय हुने बताइन् । उनले शितभण्डार संचालनमा ध्यान दिनुपर्ने समेत बताइन् ।

सोही क्रममा कृषि मन्त्री वेदबहादुर गुरुङले मुख्य मन्त्री खगराज अधिकारीले नै चासो राखेका कारण शितभण्डारको निरिक्षण गरिएको जानकारी दिए । उनले आगामी क्याविनेट बैठकमा केही महत्वपूर्ण निर्णय समेत हुने जनाए । निरिक्षणका क्रममा सांसद सुधिरकुमार पौडेलले किसानका सुन्तला विग्रदा सभामा आफुले कुरा उठाएको र सोही अनुरुप निरिक्षण आएको बताए । सुन्तला विग्रनुमा सबै पक्ष जिम्वेवार भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए । किसानको सुन्तला टिपाई, शित भण्डारणमा भण्डारण प्रकृया र प्राविकि पक्षको कमी भएको उनको भनाई छ ।

सोही कार्यक्रममा किसानहरु बोधराज अर्याल, कृष्णप्रसाद अर्याल, मुक्ति अधिकारी र कृष्णजंग केसी लगाएका किसानहरुले क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने बताएका छन् । शित भण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न निरिक्षण कार्यक्रमको संचालन सचिव छायाराम खनालले गरेका थिए । केही समय अगाडी गण्डकी प्रदेश सभाको सुन्य समयमा सांसद सुधिरकुमार पौडेलले शितभण्डारमा राखिएको सुन्तला कुहिदा किसान चिन्तीत भएको प्रति सभाको ध्यानकर्षण गराएका छन् ।

प्रतिक्रिया