सिरुवारी होमस्टे गाउँको गर्विलो इतिहास
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
मुलुककै पहिलो पर्यटन गाउँ सिरुवारीले शुभारम्भको २५ बर्षको रजत महोत्सव मनाउदै छ । फागुन ५ र ६ गते दुईदिन सिरुवारीले आफ्नो शुभारम्भको २५ बर्ष बसन्त पारगरेको अवसरमा विविध कार्यक्रम गरी मनाउदै छ । नेपालमा सामुदायीक होमस्टे सुविधा सहितको ग्रामिण पर्यटनको अभ्यास आज भन्दा २५ बर्ष अगाडी स्याङ्जाको सिरुवारीबाट गरिएको हो । नेपाल र सिरुवारीका लागि महत्वपुर्ण क्षण पनि हो । होमस्टे गाउँ सिरुवारीको गर्विलो इतिहास सम्झन लायक छ ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङ्ले अगाडी सारेको उक्त अवधारणा अहिले नेपाल सरकारले पनि शिरोधार्य गरेको छ । क्याप्टेन रुद्रमानको त्यो दिगो सोच आज आएर नेपाले पर्यटन क्षेत्रमा गर्विलो महशुष गर्न पाएको छ । ढुङ्गैढुङ्गाले बनेको गुजुमुजुक्क गाउँ हेर्दा पनि रहरै लाग्ने छ । त्यही गाउँलाई क्याप्टेन रुद्रमानले सामुदायीक होमस्टेको अवधारणामा ढालिदिएर पर्यटन भित्राउने फुल रोपिदिएका थिए । होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन् । पाहुनालाई बाँडेर गाउँलेका घरघरमा राख्दा सबैलाई फाइदा पुग्छ । सबैले कमाइ गर्ने अवसर पाउँदा समाजमा शान्ति हुन्छ । यही सत्य बुझेर क्याप्टेन रुद्रमानले आफ्नो जन्मथलो सिरुबारीमा सामुदायिक होमस्टे शुभारम्भ गरेका थिए ।
२०५४ साल कात्र्तिक २३ गतेदेखी शुभारम्भ गरिएको सिरुवारी होमस्टेको २५ बर्ष पुरा भएको छ । तत्कालिन अवस्थामा पर्यटकहरु जानआउन पैदल मार्ग थियो । पैदल मार्फत आउदै गरेका पर्यटकहरु बिस्तारै सडक निर्माण भएपछि सहज हुदै आएको छ । सडक सञ्जाल बिस्तार भएपछि सिरुवारी हेर्न आउने आन्तरिक र बाह्रय पर्यटकको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । होमस्टे मार्फत पर्यटकहरु भित्राउन सहज हुने वाताबरण देखेको सरकारले २०६७ सालमा होमस्टे कार्यविधि बनाएको बनाउन सफल भएको थियो । त्यसपछि नेपालमा हरेक गाउँमा होमस्टे शुरु हुन थालेको हो । सिरुवारी अहिले होमस्टेको पाठशाला बन्न सफल भएको छ ।
स्याङ्जाको तत्कालिन पञ्चमुल गाविस र हाल आँधीखोला गाँउपालिका १ मा सिरुवारी होमस्टे रहेको छ । समुन्द्री सतहबाट झण्डै १६१० मिटर उचाईमा रहेको यो गाउँ आफैमा मनोमहक छ भने यहाँबाट विभिन्न ठाउँहरु हेर्न पाइन्छ । गुरुङ् समुदाय रहेको यो गाउँमा ४३ घर रहेपनि अहिले २० घरमा मात्रै हामस्टे संचालनमा रहेको होमस्टेका अध्यक्ष मोहनबहादुर गुरुङ् (जितेन्द्र) ले बताए ।
उनका अनुसार नेपाल सरकारका पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सामुदायीक होमस्टेको रजत महोत्सव समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्तरका कलाकार सहित विविध साँस्कृतिक कार्यक्रम गरेर रजत महोत्सव मनाउने तयारी रहेको अध्यक्ष गुरुङ्ले बताए । गुरुङ् समुदायको कला र संस्कृति, होमस्टेले प्रदान गर्ने सेवा, पर्यटन सगै होमस्टे गाउँलाई सहयोग पु¥याउने महानुभावलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । होमस्टेका अवधारणाकर्ता क्याप्टेन रुद्रमानलाई सम्झन पाईने दिनका रुपमा पनि यो कार्यक्रमलाई लिइएको होमस्टे संचालक उर्मिला गुरुङ्ले बताइन् । होमस्टेको नायक बनेको सिरुवारीले झण्डै १४ सय होमस्टेको नेतृत्व लिएको उनको भनाई छ । अत्यन्तै कठिन घडीमा स्थापना गरी यहाँ सम्म ल्याउन सिङ्गो यो गाउँका समुदायको ठुलो लगानी रहेको स्मरण उनले गरिन् ।
त्यहाँ पुग्ने पर्यटकले गाउँलेपनमा रमाउन पाउने व्यवस्था छ । त्यो नै मुख्य आकर्षण हो । साथै गुरुङ् संस्कृति, सामुदायीक जंगल, गुम्बा, संग्रालय, ओलीवास डाँडा, डहरे देउराली, पिकनिक स्पट र थुम्रो जुरो लगायतका सम्पादमा रमाउन पाइने गन्तव्य छन् । गाउँमा आउने पाहुनालाई बाजागाजा सहित प्राकृतिक फुलमालाले स्वागत गर्दै भित्राउने गर्दछन् । सबैभन्दा आनन्द पर्यटकले त्यसैमा लिने गर्दछन् । स्थानीय उत्पादन सगै अर्गानीक खानाका परिकारहरु खान पाइने व्यवस्था होमस्टेमा छ । सिद्धार्थ राजमार्गको नौडाँडा, बाडखोला र हेलुबाट ग्रामिण सडक हुदै यो होमस्टेमा पुग्न सकिन्छ । सडकको राम्रो पहुँच पुगेको यो गाउँमा अहिले दैनिक दुईओटा बस संचालनमा छन् । पोखराबाट जुग्ले हुदै पर्वतको कार्किनेटा भएर जान सकिन्छ भने नौडाडाँ देखि बेझाड हुदै सिरुवारी पुग्न सकिन्छ । बुटवल तर्फबाट जानका लागि हेलु, अर्जुनचौपारी हुदै जान सकिन्छ ।
प्रतिक्रिया