अमोर बालगृहको सामाजिक परिक्षण

स्याङ्जा ।
स्याङ्जाको एकमात्र बालगृहको सामाजिक परिक्षण गरिएको छ । स्थानीय सामाजिक अभियान्तहरुबाट संचालनमा रहेको अमोर सेवा नेपाल बालगृहको सामाजिक परिक्षण गरिएको हो । बालगृहले सरकारी मापदण्ड अनुसार संचालन छ वा छैन, आम्दानीको श्रोत, बार्षिक कार्यक्रमको अवस्था लगायतका बिषय परिक्षण गरिएको थियो । झण्डै १० बर्षदेखी स्थानीयको साधन श्रोतबाट संचालन हुदै आएको बालगृहमा अहिले अनाथ, टुहुरा ३० जना बालवालिका रहेका छन् ।
फेदिखोला गाउँपालिका १ मा रहेको बालगृहको अधिबक्ता भिमप्रसाद पौडेलले सहजिकरण गरेका थिए । उनका अनुसार बालगृहले अहिले सम्म बैदेशिक सहायता बिना संचालन गर्नु नै सबलपक्ष रहेको बताए । स्थानीय साधानश्रोतबाट बालगृह संचालन गर्न कठिन भएको देखिएपनि बालगृहले दिनुपर्ने शुसासनको व्यवस्था निकै राम्रो रहेको पौडेलको भनाई छ । सरकारी मापदण्डलाई आत्मसाथ गर्दै केही समस्या देखिए पनि त्यस्ता बिषयलाई सुधार गर्दै लैजानुपर्ने सुझाव उनले दिएका छन् ।

बालगृहको समयमै नविकरण, समाजकल्याणमा अवद्धता लगायतका बिषयमा ध्यान दिएको पौडेलले बताए । जिल्लाको एकमात्रै बालगृह भएपनि सरकारको नीतिगत आर्थिक सहयोगमा भने पछाडी पर्दै आएको छ । उद्योगी व्यवसायी, सामाजिक अभियान्ताहरु र केही स्थानीय सरकारले गरेको सहयोगले बालगृह यहाँ सम्म आइपुग्नु आफैमा राम्रो पक्ष देखिएको छ । अमोर सेवा नेपाल सगँ आवद्धता भएका साधरण सदस्यहरुको अथक मेहनतले बालगृहले सफलता पाउदै जानु अर्को सबलपक्ष रहेको सरोकारवालाहरुले जोड दिए ।

बालगृहलाई सरकारी तवरबाट नीतिगत आर्थिक सहयोग गर्नुपर्नेमा अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले जोड दिइन् । संस्थाले लिएको लक्ष्य पुरा हुन नसकेपनि बालगृहलाई नमुना बनाउन हामी अगाडी बढेको जानकारी उनले दिइन् । निकै आरोह, अबरोह गर्दै बालगृहलाई यहाँसम्म ल्याउन सफल भएका छौं उनले भनिन्,‘यसको सबै श्रेय सामाजिक व्याक्तित्वहरुलाई जानेछ ।’ अब सरकारले पनि यसमा चासो दिनुपर्ने बेला आएको छ उनले भनिन् ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले हरेक जिल्लामा बालगृह बनाउने अवधारणा सरकारले ल्याउनुपर्ने बताए । विभिन्न परिस्थितीले अलपत्र परेका बालवालिकालाइृ आश्रय दिन बालगृह आवश्यक रहेको महशुष आफुलाई भएको उनले बताए । जिल्लामा एकमात्र स्थानीयहरुको सकरात्मक सोचबाट संचालन गरिएको यो बालगृहलाई अझै परिस्कृत र पुर्णसुविधा सम्पन्न बनाउन सरकारले बिशेष जोड दिनुपर्ने धारणा उनको छ । स्थानीय सरकारको हिजो पनि सहयोग र भोली पनि सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक परिक्षण कार्यक्रममा संस्थाका साधरणसदस्य, सामाजिक अभियान्ताहरु, जनप्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । जिल्लाका ११ ओटै स्थानीयतहले यो बालगृह बचाउन हरेक बर्ष सहयोग गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्ने सहभागीहरुको भनाई थियो ।

 

प्रतिक्रिया