विकासमा नीजि क्षेत्र र सरकार मिल्नुपर्छ ः सांसद अर्याल

वालिङ ।
वालिङ उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न पदस्थापन कार्यक्रममलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले वालिङको विकासका लागी सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । साथै सांसद अर्यालले निजि क्षेत्रलाई एकिकृत गरी व्यवसाय प्रर्वद्धनका लागी नयाँ समितिले महत्वपुर्ण भुमिका खेल्ने विश्वास आफुले लिएको बताए । व्यवसायिको हकहितका लागी स्थापित उद्योग वाणिज्य संघले वर्तमान अवस्थामा व्यवसायीहरुको पीडालाई बुझेर व्यवसाय थप मजबुत तथा उल्लासपुर्ण बनाउनका लागी तिनै तहका सरकारसंग हातेमोलो गर्दै अगाडि बढ्नुपर्ने बताए । दलिय हिसावले आफु सांसद भएपनि अब सबै दलको सांसद भएको जिकिर सांसद अर्यालको थियो ।
नीजि क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भएको बताउदै प्रदेश सांसद अर्यालले तिनैतहका सरकार सगँ मिलेर देशको विकासमा जुट्नुपर्ने बेला आएको बताए । स्याङ्जाको विकासमा नीजि क्षेत्रले भुमिका खेल्नुपर्ने बताउदै सांसद अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नतीका लागि नीजि क्षेत्रले पहलकदमी उठाउन आग्रह गरे । जबसम्म राजमार्गको स्तररोन्ती हुदै स्याङ्जाको विकास पछाडी पर्ने छ उनले भने,‘राजमार्गको स्तररोन्नतीका लागि वालिङ उद्योग वाणिज्य संघले नेतृत्व लिनुपर्छ ।’ प्रदेश र संघिय सरकारबाट हुने कामका लागि हामी साथ दिनेछौ उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, निर्वतमान सांसद मोहन रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पुर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता उदय श्रेष्ठ, नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, संघका निर्वाचित अध्यक्ष चेतनारायण श्रेष्ठ, संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाललगायतले नीजिक्षेत्रलाई जोगाईराख्न सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । संघका पुर्व अध्यक्ष तथा निर्वाचन समन्वय समितिका संयोजक पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न् कार्यक्रमको संचालन कार्यालय प्रमुख बाबुराम रेग्मीले गरेका थिए । संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेलले संघका नवनिर्वाचित अध्यक्ष चेतनारायण श्रेष्ठलाई बैठक पुस्तिका दिएर कार्यभार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया