बन्दुकसहित एकजना पक्राउ

पब्लिक आवाज
स्याङ्जा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कालीगण्डकी गाउँपालिका ७ मिर्मीबाट भरुवा वन्दुकसहित गुल्मी कालीगण्डकी गाउँपालिका १ हर्मिचौर घर भएका २६ वर्षीय उमेश बिकलाई बुधबार बिहान पक्राउ गरेको हो । प्रहरीले विकको साथबाट भरुवा वन्दुक १ नाल, सिसाको ठुलो छर्रा ७ थान र सिसाको सानो छर्रा ९ थान बराद गरेको बताएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जैपतेबाट खटिएको प्रहरीले उमेशले गोठमा लुकाई राखेको अवस्थामा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया