स्याङ्जामा सिभिटान क्लव गठन, अध्यक्षमा सुबेदी
वालिङ ।
स्याङ्जाको वालिङमा सक्षम सिभिटान क्लवको चौथो अधिवेसनले शंकर सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । सामाजिक सेवामा अदभुत काम गर्दै आएको एक अगुवा संस्थाले हरेक बर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ । सोही अनुसार क्लवले सुवेदीको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा सिता रेग्मी काफ्ले र पुष्पा अर्याल, सचिवमा शंकर खनाल, कोषाध्यक्षमा चक्रपाणी बस्याल, सह—कोषाध्यक्षमा कृष्णप्रसाद डुम्रे चयन भएका छन् । अन्य सदस्यहरु पछि मनोनित हुने नवनिर्वाचित अध्यक्ष शंकर सुवेदीले जानकारी दिए । शुक्रवार वालिङ ६ मिर्दीमा भएको भेलाले २०२३ देखी २०२४ सम्मका लागि नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।
भेलाको अध्यक्षता निर्वतमान अध्यक्ष कमलराज उपाध्यायले गरेका थिए । साउथ इष्ट एशिया रिजनल डिरेक्टर इलेक्टका उपाध्यक्ष दिपक भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको भेलामा पुर्व अध्यक्ष जितकुमारी गुरुङ्, मन्जु सुवेदी उपाध्याय, अरुण रानाभाट लगायतका बक्ताहरुले स्याङ्जामा फरक क्षमता भएका बालवालिकालाई सहयोग गरी सामाजिक उत्तरदायीत्वमा यस क्लवले महत्वपुर्ण भुमिका खेलेको बताए ।
प्रतिक्रिया