सहकारीले थाल्यो किसानको माटो परिक्षण अभियान

स्याङ्जा ।
उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएर किसानको खेतबारीको माटो परिक्षण गरिएको छ । अकला नमुना साना किसान कृषि सहकारीको व्यवस्थापन र प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको सहयोगमा वालिङका किसानको माटो परिक्षण गरिएको हो । ६३ जना किसानको माटो परिक्षण गरिएको छ । माटो परिक्षण पछि किसानलाइृ कुन बालीनाली लगाउदा राम्रो हुन्छ भन्ने उदेशय राखेर सहकारीले माटो परिक्षणलाई प्रथामिकता दिएको अकला नमुना साना किसान कृषि सहकारीका प्रवन्धक लक्ष्मी रेग्मी पोख्रेलले बताईन् ।

वालिङ १ मन्साङ्कोट र ६ स्थित भरुवामा माटो परिक्षण गरिएको थियो । दुवै क्षेत्र तरकारीबालीका लागि पकेट क्षेत्र हुन् । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाले मसलाजोनको कार्यक्रम अगाडी सारेपछि माटो परिक्षणमा जोड दिएको छ । यहाँका किसानको माटो परिक्षण पछि कुन बालीका लागि माटो उपयुक्त हुन्छ भन्ने बिषय भने खुलाइएको छैन । माटोको अम्लियना, फस्टफोरस, पोटासियन लगायतको मात्र माटोमा कति छ भन्ने छुट्टाउने र यसको निरकरण परिक्षण पछि हुने प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाले जनाएको छ । तरकारी र अदुवा खेती गर्दै आएका किसानलाई माटो परिक्षणले थप राहत मिल्ने बताइएको छ ।

किसानले उत्पादन गर्ने र बजारीकरणको व्यवस्था सहकारीले मिलाउने भएपछि यहाँका किसानलाई सजिलो भएको छ । बजार अभावको कारण किसानले उत्पादन गरेको कृषि उपजको खेतबारीमै कुहिने अवस्था सिर्जना नहोस भनेर सहकारीले उत्पादनको बजारीकरणमा सहयोग गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया