स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जामा १० वर्ष माथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाईएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलब ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्याङ्कमा पाईएको हो ।

जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समय देखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो छ । गणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४ सय ७३ जनाले कुनै पनि आर्थिक काम नगरेको तथ्याङ्कमा उल्लेख गरेका छन् ।

आर्थिक काममा संलग्न कुल संख्या २ लाख १६ हजार ७ सय ८९ भएपनि २६ हजार ९ सय ८ जनाले ३ महिना कम र ३ महिना भन्दा बढि तथा ६ महिना भन्दा कम २७ हजार ९ सय ९४ जनाले आर्थिक काम गरेका छन् । ६ महिना भन्दा बढि आर्थिक काम गर्नेको संख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।

उता १० वर्ष र सो भन्दा माथिका आर्थिक क्रियाकलापमा रहन सक्ने कुल २ लाख १६ हजार ७ सय ८९ मध्ये कै जनसंख्याको २९ दशमलब ५ प्रतिशत अर्थात ६३ हजार ८ सय ६५ जना आर्थिक रुपमा निस्क्रिय रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार काम गर्न सक्ने कुल संख्याको ६९ दशमलब ९ अर्थात १ लाख ५० हजार ९ सय ९९ जना आर्थिक क्रियाकलपामा संलग्न छन् । आर्थिक क्रियाकलापमा संलग्न हुनसक्ने उमेर भएपनि १ हजार ९ सय २५ जनाले कामको श्रोत उल्लेख गरेका छैनन् । पछिल्लो जनगणना अनुसार स्याङ्जामा २ लाख ५३ हजार २४ जनसंख्या रहेको छ ।

आर्थिक क्रियाकलापमा सक्रिय रहेको भनिएको १ लाख ५० हजार ९ सय ९९ जनसंख्या मध्ये १ लाख २ हजार ७ सय ८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएका छन् । सक्रिय संख्याको ३१ दशमलब ९ प्रतिशत अर्थात ४८ हजार २ सय १३ जनाले कहिलेकाहि सक्रिता देखाउने गरेको तत्याङ्कमा सार्वजनिक गरिएको छ ।

जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेशागत रुपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४ दशमलब ७ प्रतिशत जनसंख्या आबद्ध छ । त्यस्तै प्रथामिक पेशा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनामा ४.१ र पेशाविद्मा ४ प्रतिशत सहित केहि संख्या शिल्पकला तथा कारखाना यन्त्र पेशामा आबद्ध छन् ।

प्रतिक्रिया