विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे
स्याङ्जा ।
विश्व हिन्दु महासंघ स्याङ्जाको दोस्रो अधिवेसन सम्पन्न भएको छ । दोस्रो अधिवेसनले विश्व हिन्दु महासंघ स्याङ्जा शाखाको अध्यक्षमा पुन ः हरीहर पाण्डे अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । पहिलो कार्यकाल निकै कार्य कुशलताका साथ भुमिका निर्वाह गरेका पाण्डेलाई दोस्रो अधिवेसनले पुन सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो । मुलुकमा नयाँ संविधान जारी भएसगै धर्मनिरपेक्षता राज्य घोषण गरिएपछि हिन्दुहरु एकतावद्ध हुन विश्व हिन्दु महासंघ गठन गरिएको थियो । मुलुकलाई हिन्दु राज्य घोषणाको माग गर्दै आफ्ना विभिन्न क्रियाकलाप अगाडी बढाउदै आएको विश्व हिन्दु महासंघले जिल्ला मात्रै नभएर हरेक पालिकामा कार्यसमिति गठन गरिसकेको छ ।
जिल्लाका ११ ओटै पालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको अधिवेसन सम्पन्न गरेको विश्व हिन्दु महासंघ स्याङ्जाले १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिसकेको छ । अन्य सदस्यहरु पछि थप गर्ने गरी दोस्रो अधिवेसनले उपाध्यक्षमा ज्ञानेश्वर बस्ताकोटी, पुष्पकमल रेग्मी, प्रेमराज पौडेल, चण्डीका सापकोटा अर्याल, सचिवमा भुपराज वगाले, कोषाध्यक्षमा मैयादेवी लम्साल पौडेल, सह—सचिवमा पुर्णबहादुर थापा क्षेत्री र मुकुन्दप्रसाद पौडेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नुवादत्त रेग्मी, चुडामणी रेग्मी, कृष्णा मल्ल खाँण, हरीप्रसाद वगाले, रामभक्त भट्टराई, ढालप्रसाद पौडेल, ध्रुवराज उपाध्याय र यदुनन्दन अर्याल चयन भएका छन् । सदस्यहरु क्रमस थपिने विश्वहिन्दु महासंघ स्याङ्जाले जनाएको छ । दोस्रो अधिवेसनको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले उदघाटन गरेका थिए । उद्घाटन गर्दै पराजुलीले मुलुकलाई धर्मनिरपेक्षता बनाउन पुरानो संस्कृति हराउने सम्भावना बढेको बताए । हिन्दुत्वका नामले चिनिएको नेपाललाई जातजातीको आधारमा अधिकार दिदा मुलुकमा द्धन्द्ध बढ्न सक्ने प्रति संकेत गर्दै केन्द्रीय सदस्य पराजुलीले चारजात छत्तिस बर्णको फुलबारीलाई एकतावद्ध बनाउने एकमात्र सुत्राधार हिन्दुराज्य भएको धारणा राखे ।
प्रतिक्रिया