स्याङ्जामा ४ हजार ४८१ एसईईका परीक्षार्थी

भवानी अधिकारी,

स्याङ्जा ।
शुक्रवार (भोली) देखि सुरु हुने एसईईमा स्याङ्जाका ४ हजार ४८१ परिक्षार्थी छन् । ती मध्ये २ हजार २९४ जना छात्र र २ हजार १८७ जना छात्रा रहेको जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार, ‘सामुदायिकतर्फ १३३ र संस्थागतर्फ ३६ बिद्यालय सहभागी हुदैछन् । सामुदायिकतर्फ ३ हजार ५७७ र संस्थागततर्फ ९०४ जना परिक्षार्थी छन् ।’ सामुदायिकका ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिका र संस्थागत बिद्यालयका ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिका परिक्षार्थी हुन् ।

सोही अन्र्तगत प्राविधिकतर्फ १ सय ७३ जना परिक्षार्थी छन् । कम्प्यूटर इन्जिनियरिङतर्फ ६४ र बालीविज्ञानतर्फ ७३ जना रहेका छन् । परिक्षाकालागी ३४ वटा परिक्षाकेन्द्र र केन्द्राध्यक्ष तोकिएका छन् । पैतालीस् जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ जना निरीक्षक, ४९८ परिक्षा सहायक, ३४ जना कार्यालय सहयोगी खटाईने भएको छ । उत्तरपुस्तिका सबै परिक्षाकेन्द्रमा र प्रश्नपत्र सुरक्षा सुरक्षाकर्मीको संरक्षणमा पुगीसकेको प्रमुख आचार्यले बताए ।
परीक्षालाई बिधिपूर्वक, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्नेका लागि सबै केन्द्राध्याक्षलाई परिक्षा संचालन सम्बन्धी तालिम प्रदान गरिसकेको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया