जन्मदिनको फजुल खर्च आगालागी पिडितलाई

भीरकोट ।
पछिल्लो समय अनेकौं फजुल खर्च गरेर, तडक भडकका साथ जन्म दिन मनाउने प्रचलन बढ्दै गएको बेला निर्वतमान वडा अध्यक्षले भने जन्मदिनको अवसरमा आगोलागी पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
भीरकोट जेसिजका स्थापनाकर्ता तथा भीरकोट नगरपालिका वडा नंं. ५ का निर्वतमान वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले भीरकोट ५ सिम्लेका आगोलागी पिडितलाई सहयोग गरेका हुन् । फाल्गुण ११ गते राती घरमा आगलागी भई लाखौं मूल्य बराबरको क्षति बेहोरेकी भीरकोट ५ सिम्लेकी गीता कुमारी खाँडको घरमा गई १० हजार १ सय सहयोग रकम हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगर, समाजसेवी राजकुमार गुरुङ,विदुर कोइराला, चन्द्र ध्वज खाँडलगायतको सहभागिता रहेको थियो । आफ्नो हरेक जन्म दिनको अवसरमा यसरी नै विभिन्न ठाउँमा सहयोग गर्दै आएका अधिकारीले पीडित खाँडको बसोबासको उचित व्यवस्थापन गर्न आगामी दिनमा अन्य सहयोगी दाताहरुजुटाउने प्रतिबद्धता पनि व्यक्त गरे । भीरकोट जेसिज वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भीरकोट जेसिजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए ।
प्रतिक्रिया