पब्लिक आवाज पुन (ख) वर्गमा

वालिङ ।
छायाँक्षेत्र मिडिया प्रा.लि.बाट संचालित पब्लिक आवाज साप्ताहिक पत्रिका २०७७÷०७८ मा को पुन (ख) वर्गमा बर्गिकृत भएको छ । एक बर्ष ढिलो गरी प्रेस काउन्सिल नेपाल, प्रेस काउन्सिल ऐन २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिले गरेको वर्गिकरण मुल्याङ्कनमा (ख) वर्गमा पर्न सफल भएको हो । २०७१ सालदेखी निरन्तर साप्ताहिक रुपमा प्रकाशित हुदै आएको पब्लिक आवाज पत्रिका जिल्लाकै लोकप्रिय मानिदै आएको छ ।
खोजमुलक, सार्वजनिक कार्यक्रम, विभिन्न व्यक्तिसगँको अन्तर्वाता, खेलकुद, स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत समाजमा हुने अपराधिक क्रियाकलापको खबरदारी गर्दै जनताको आवाजलाई समेट्दै आएको छ । आवाज विहिनहरुको आवाज बनेर जिल्लामा लोकप्रिय बनेको पब्लिक आवाजलाई प्रेस काउन्सिलले गरेको बर्गिकरणमा सन्तोषजनक नभएपनि पुन (ख) वर्गमा बर्गिकृत गरि मुल्याङ्कन गरेकोमा काउन्सिललाई सम्पादक अमृत अर्यालले धन्यवाद दिए ।
आगामी दिनमा पत्रिकालाई अझै लोकप्रिय बनाउन हामीलाई जिम्मेवारी थपिएको सम्पादक अर्यालले बताए । जिल्लाका खबरहरुलाई प्रथामिकता राखेर प्रकाशित हुदै आएको पब्लिक आवाजले नागरिकको भावना र समाज सुधारमा देखिने सुझावलाई पुरा गरि अगाडी बढ्ने मिडिया प्रा.लि.ले जनाएको छ । पत्रिका प्रकाशन र वितरणमा धेरै समस्या भएपनि यस्ता चुनौतीलाई अबसरका रुपमा लिएर अगाडी बढ्ने मिडिया प्रा.लि.का अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए । सामाजिक सञ्जालले मिडिया क्षेत्रलाई पारेको असरलाई परिस्कृत गर्ने चुनौती हामी माझ देखिएको भएपनि पत्रिकालाई सामाजिक सञ्जालसगँ जोडेर अझै प्रविधिमैत्री बनाएर अगाडी बढ्ने अध्यक्ष सिग्देलले बताए ।
देशभरका ८६८ पत्रिका बर्गिकरणमा समावेस भएका थिए । ति मध्ये (क) वर्गमा २४५, (ख) वर्गमा ३४८, (ग) वर्गमा १११ र (घ) वर्गमा १७ पत्रिका बगिकृत भएका छन् । १४७ पत्रिकाको भने वर्गिकरण स्थगन गरिएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया