मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालक घाइते

भीरकोट।
स्याङ्जाको भिरकोट नगरपालिकामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय पैदलयात्री बालक घाइते भएका छन् । घाइते हुनेमा भिरकोट नगरपालिका १ स्याउलीबजार बस्ने बिन्दु गुरुङको छोरा ६ वर्षीय बिनम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार भिरकोट नगरपालिका १ स्याउलीबजारस्थित भित्री सडक खण्डमा ग १८ प ५९२१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् । घाइते बालकको चरक अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया