औषधी लिएर ६१२ स्वास्थ्य स्वंयसेवक घर—घरमा
वालिङ ।
१ बर्ष देखी ५ बर्ष भित्रका बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियानमा महिला स्वास्थ्य स्वंयसेवकहरु घर—घरमा पुगेका छन् । स्याङ्जाका ६ सय १२ जना महिला स्वास्थ्य स्वंयसेवकहरु बालवालिका भएको घरमा औषधी खुवाउन पुगेका हुन् । ६ महिना देखी ५ बर्ष भित्रका १७ हजार ७ सय बालवालिकालाई भिटामिन ‘ए’ र १ बर्ष देखी ५ बर्षभित्रका १५ हजार ७ सय ८३ बालवालिकालाई जुकाको औषधी खुवाउन महिला स्वास्थ्य स्वंयसेवीकाहरु प्रत्येक घर—घरमा गएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
राष्ट्रिय अभियानको रुपमा रहेको यो कार्यक्रमका लागि २४ हजार औषधी जिल्लाका सबै पालिकामा पठाईसकिएको स्वास्थ्य कार्यालय स्याङ्जाका सुचना अधिकारी बिष्णु सुबेदीले जानकारी दिए । १९ हजार बालवालिकालाई भिटामिन र जुकाको औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बैशाख ६ र ७ गते घर—घर वा टोल—टोलमा पुगेर औषधी खुवाउने व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् । उनका अनुसार दुईदिन सम्म लक्ष्य अनुसारको औषधी खुवाईयो वा पुगेन भन्ने बिषयको तथ्याङक आउन भने ढिलाई हुने बताइन् ।
छुटेका बालवालिकालाई पुन २÷४ दिन लगाएर महिला स्वास्थ्य स्वंयसेवकले खुवाउनुहुन्छ उनले भनिन्,‘बिरामी भएर आएका तर दुवै औषधी खुवाउन छुटेकालाई उपचार सगै स्वास्थ्य संस्थामा खुवाईन्छ ।’ औषधी खुवाउन बालवालिका नछुटुन भन्ने हाम्रो ध्येय र सरकारको पनि चाहाना उही हो उनले भनिन् । भिटामिनयुक्त खाना खुवाउन सबै अभिभावकलाई अनुरोध गर्दै स्वास्थ्य कार्यालयले भिटामिन औषधी भन्दा पनि भिटामिनयुक्त खाना खुवाएर निर्मुल पार्नुपर्ने स्वास्थ्य कार्यालयको अभियान छ ।
प्रतिक्रिया