रेडक्रसद्वारा प्राथमिक उपचार तालिम
भीरकोट ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको आयोजनामा २ दिने आधारभूत प्राथमिक उपचार तालिम शनिबारबाट भीरकोटमा शुरु भएको छ । नेपाल जुनियर रेडक्रस सर्कल बालोदय स्कूलका सभापति आकृति अर्यालको सभापतित्वमा भएको तालिम कार्यक्रममा स्वागत जुनियर रेडक्रसका जिल्ला संयोजक विष्णु सुवेदी गैह्रेले गरेकी थिईन् । कार्यक्रममा रेडक्रसका जिल्ला सभापति तथा तालिम प्रशिक्षक दिनेश अर्यालले सहभागीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए । तालिममा भीरकोट नगरपालिका वडा नं. ५, ६ र ७ भित्रका विद्यालयका विद्यार्थी तथा शिक्षक नायक गरि ३४ जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाका कार्यालय प्रमुख मित्रलाल लम्सालले जानकारी दिए । शनिबार र आईतबार गरि २ दिनसम्म संचालन हुने तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति दिनेश अर्याल, जुनियर संयोजक विष्णु सुवेदी गैह्रे र कार्यालय प्रमुख मित्रलाल लम्सालले प्रशिक्षण दिएका छन् । सडक दुर्घटना र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सक सम्म पुर्याउन पुर्व घाइते वा विरामीहरुको अवस्था बिग्रीन नदिन प्राथमिक उपचार कसरी गर्ने, प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम संचालन गरिएको हो ।
प्रतिक्रिया