चापाकोट नगरको १२ औं नगरसभा सम्पन्न, नगरसभाबाट ५ विद्येयक पारित
गोपीकृष्ण रेग्मी,
चापाकोट ।
पौष मसान्तभित्र गरिसक्नुपर्ने नगरसभा चापाकोटले बैशाखमा सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका कारण पौषमा हुन नसकेको नगरसभा बैशाखमा सम्पन्न भएको हो । चापाकोट नगरपालिकाले १२ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख देवबहादुर खाँण (इश्वर) ले चापाकोट नगरलाई नमुना नगर बनाउने जिम्मेवारीबाट हामी जनप्रतिनिधिहरु पन्छिन नहुने बताएका छन् । नगर सभाले अगामी बर्ष गर्ने योजनालाई प्राथमिकतामा राखेर यो बर्ष बैशाख २० गते सम्म योजना सम्झौता गर्ने र जेठ १५ गते सम्म रकम भुक्तानी गरि सक्ने गरि कार्यक्रम अगाडी बढाइएको नगर प्रमुख खाँण ले बताए । जनप्रतिनिधि सबैको साझा बनेर काम गरौं उनले भने,‘विकासमा राजनीति रङ्ग दिदा नगरवासीले साझा महशुष गर्दनन् ।’ मेरो ५ बर्षे कार्यकालमा सबै नगरवासीको साझा बनेर मैले कार्यसम्पादन गर्नेछु तपाईहरुले पनि गर्नुहोला उनले भने ।
हामी बिच विवाद सिर्जना भयो भने चापाकोटको विकास अझै पछाडी धकेलिने बताउदै नगर प्रमुख खाँणले चापाकोट बनाउन साझा संकल्प आवश्यक रहेको बताए । नगर उप प्रमुख इशा रानाले महिला दिदीबहिनीहरुको क्षमता विकास र विद्यालयका छात्राहरु केन्द्रित यो वर्षका कार्यक्रम रहेको जानकारी दिइन् । स्थानीय सरकारको अनुभुती हुनेगरी काम गर्नुपर्ने जिम्मेवारी हामी माथी आएको उनको भनाई थियो । कृषि उत्पादन र पशुपंक्षी पालन तर्फ नगरवासीलाई अग्रसरता गराएर सबै नगरवासीको आयस्तर उकास्न हामी सबैले प्रेरित गर्नुपर्ने बताइन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाई जस्ता विकासलाई प्राथामिकतामा राखेर अगाडी बढेको नगरसभामा उपप्रमुख रानाको भनाई थियो ।
नगरसभाले ५ ओटा विद्येयक समेत पारित गरेको । सभाले चापाकोट नगरपालिकाको कार्यालय संचालन निर्देशिका २०८०, स्थानीय खरीद ऐन नियमावली २०८०, बिषयगत समिति कार्य सञ्चालन कार्यविधि २०८०, भवन निर्माण सम्वन्धी मापदण्ड २०८० र लेखा समितिको कार्य सञ्चालन कार्यविधि २०८० विद्येयक पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए । उनका अनुसार यसभन्दा अगाडी पालिकामा ३९ वटा विधेयक पारित भई सञ्चालनमा आएसगै ४४ विधेयक पारित भएका छ्न । प्रमुख प्रशासकीय खनालका अनुसार गत आवमा भुक्तानी दिनुपर्ने योजनाका भुक्तानीलाई बजेटको सुनिश्चित फछ्योट गर्ने निर्णय भएको छ । पुराना योजनालाई प्राथाकिता दिदै नयाँ योजना कार्यन्वयनमा लैजाने नगरसभाले निर्णय गरेको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कार्य सम्पादनमा कठिनाई हुदै आएको थियो ।
फागुनमा प्रमुख प्रशासकीय अधिकृत खनाल हाजिर भएसगै नगरपालिकाको दैनिक कार्यसम्पादनमा सहजता भएको थियो । यो सगै नगरपालिकाले आफ्नो हिउदे अधिबेसन समेत सम्पन्न गर्न सफल भएको छ । नगर सभामा उत्कृष्ट कर्मचारीमा अनिश मल्ल सहित २१ जना कर्मचारी सम्मानित भएका छन् । साथै नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ ।
प्रतिक्रिया