उद्घोषण कला एवं नेतृत्व विकास तालिम सम्पन्न
स्याङ्जा ।
पुतलीबजार नगरपालिका वडा नं २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्दको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा २ दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ । महिला तथा युवाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको समापनका अवसरमा बोल्दै वडाअध्यक्ष भीमबहादुर गुरुङ्ले तालिमलाई ब्यवहारमा उतार्न सुझाव दिए । तालिमले सकारात्मक प्रभाव पारेको जनाउदै आउँदा दिनहरुमा समेत यस्ता तालिमलाई वडाले प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले भने, ‘जबसम्म ब्यक्तिले बोल्दैन तबसम्म उसका आवश्यकताका बारेमा थाहा हुँदैन । त्यसैले सबैभन्दा पहिला आफ्ना आवाज निकाल्नै पर्ने हुँदा यस्ता तालिमको आवश्यकता महसुस गरेर कार्यक्रम उपलब्ध गराएका हौं ।’ कार्यक्रममा प्रशिक्षक द्धय भवानी अधिकारी र मोतीप्रसाद मरासिनी, वडा सदस्यहरु एवं सहभागी द्धय सम्झना कुँवर र बाग्मती नेपाली, आमा समूहका गीता क्षेत्री, युवा क्लवका सुवेस शर्मा लगायतले तालिमको आवश्यकता र प्रभावकारिताका बारेमा जानकारी गराएका थिए ।
दुर्गादेवी सामुदायिक सिकाई केन्दका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तालिमका सहभागी पवित्रा शर्माले गरेकी थिईन् । तालिममा टोल विकास संस्था, आमा समूह र युवा क्लवका पदाधिकारी एवं सदस्यहरु सहभागी थिए । तालिममा उद्घोषण कला, नेतृत्व विकास सकारात्मक सोच, बैठक संचालन, औपचारिक एवं अनौपचारिक कार्यक्रम निर्माण एवं संचालन, वाद विवाद समाधान सम्बन्धि बिबिधि बिषयमा प्रशिक्षण दिइएको थियो ।
प्रतिक्रिया